
Ssbus
Jsbus
Nssbus7
Bksbus5
dsbus
Gsl
Gsbus
Csbus
gms
Rbs
Amb
Pbu
Ratbs
Ddhbs

Ksm
Rgu
Tsm
Wsp
Rgu
Ggd
Ssm
Vor
Rsb
Rgs
Asm
Hal
Gst
Pvg
Bbu
nsb
Sls
Sbs
Bbbpu

Syp
Bml
bbt
Ptm
Mks
Jmb
Rmb
Rpp
Pls
Abd
sab
Jmb
Gsb
दाङ । देउखुरीको गढवा गाउँपालिकाका प्रधानाध्यापकहरुको पहिलो बैठक तथा नयाँ प्रधानाध्यापकहरुको स्वागत कार्यक्रम मंगलवार गढवामा सम्पन्न भएको छ।
गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर ल्याउन गएको साउन ३२ गते पदस्थापन गरेको थियो। विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान हुन नसक्दा सामुदायिक विद्यालयहरुको गुणस्तरीय शिक्षा माथी प्रश्न चिन्ह उठिरहेको समयमा गाउँपालिका शिक्षा,युवा तथा खेलकुद विकास शाखाले पदस्थापन गरेको हो ।
गढवा गाउँपालिकाले २०८० साउन ३२ गते गाउँपालिकाभरीको सामुदायिक विद्यालयको शिक्षा सुधारको लागि ३६ जना शिक्षक/शिक्षिकाहरुको पदस्थापन गरेको थियो । जस अनुसार प्रथामिक तहका १५ जना, निम्न माध्यमिक तहका १२ र माध्यमिक तहका ९ जना शिक्षक लाई पदस्थापन गराएको थियो । शिक्षक पदस्थापन पश्चात केही विध्यालयहरुमा नयाँ प्रधानाध्यापकमा न्युक्त गरिएको थियो ।
नव न्युक्त प्रधानाध्यापकहरुलाई एक कार्यक्रमको बिच आज मंगलवार स्वागत गरिएको गढवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख श्याम बहादुर बिकले जानकारी दिनु भयो । गढवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख श्याम बहादुर बिकको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।
स्वागत कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले विद्यालयमा रहेको शिक्षक दरबन्दी, विद्यार्थी संख्या एकिन गरेर पठनपाठनलाई मध्यनजर गर्दै उत्कृष्ट नतिजा ल्याउनु पर्ने बताउनुभयो। शिक्षामा सकरात्मक परिवर्तन बिना गढवा गाउँपालिकाको समृद्धिको सपना साकार नहुने बताउदै अध्यक्ष पोख्रेलले शिक्षामा किताबी ज्ञान संगै गुणस्तरीय र व्यवहारिक ज्ञान दिन अति आवश्यक रहेको बताउनुभयो । गुणस्तरीय र व्यवहारीक शिक्षा वर्तमान समयको आवश्यकता रहेको महसुस् गर्दै शिक्षामा ठुलो सुधार गर्नु पर्ने र त्यो प्रधानाध्यापकहरुको साथ, सहयोग र मिहिनेतले मात्र सम्भव हुने बताउदै त्यस तर्फ बिशेष जोड दिन सम्पूर्ण प्रधानाध्यापकहरु लाई अनुरोध समेत गर्नु भयो।
त्यसैगरी कार्यक्रम बोल्ने बिभिन्न विध्यालयका प्रधानाध्यापकहरुले शिक्षा सुधारमा आफुहरु बाट हुने सम्पूर्ण तागत लगाउने बताउनु भयो ।प्रधानाध्यापक हरु मात्र शिक्षामा सुधार हुन नसक्ने बताउदै अभिभावक,विद्यार्थी लगायत सबैको साथ सहयोगले अवश्य पनि गढवा गाउँपालिकाले सोचे जस्तो गुणस्तरीय र ब्यबहारीक शिक्षा दिन सम्भव रहेको बताउनु भएको हो ।
प्रधानाध्यापकहरुको बैठक तथि स्वागत कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत कैलाश चौधरी, शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक,विभिन्न विद्यालयका प्रधानाध्यापकहरु लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकले गर्नु भएको थियो।

