
Unsku
Lnp
pku
Ggp
Srbpu
Rgp
Pbu
Rgp1
Sgr

Ggd
Sbs
nsb
Pvg
Bbbpu
Bbu
Gst
Rgu
Tsm
Vor
Hal
Ksm
Ssm
Sls
Asm
Rsb
Rgu
Rgs
Wsp

sab
Pls
Jmb
Mks
Jmb
Abd
Ptm
bbt
Bml
Gsb
Syp
Rmb
Rpp
दाङ । देउखुरीको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले वैदेशिक रोजगारीका लागि गएका व्यक्तिका परिवारलाई समाजले हेर्ने दृष्टिकोण बदलिनु पर्ने बताउनु भएको छ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले जबसम्म हामीले सकारात्मक सोच, सकारात्मक भावना राख्दैनौ तबसम्म समाज परिवर्तन नहुने बताउनु भयो ।
एउटा युवा अथवा युवती आर्थिक चपेटामा परेर परिवारका लागि घरपरिवार छोडेर प्रदेश गएको हुन्छ, भोलि पल्टबाट उस्को कुरा काट्न शुरु हुन्छ, लौ हेर्नुस हाम्रो समाज यस्तो छ ! यस्तो खालको व्यवहारले एक जनाको मात्र हैन सिंगो परिवारलाई मानसिक तनाबमा पार्ने काम भैरहेको हुन्छ”- नगर प्रमुख चौधरीले भन्नू भयो । समाजमा हुने हरेक सुख दु:खलाई बाडेर बस्न सकियो भने कुनि पनि मानिस दु:खी हुनु पर्दैन, हाम्रा दाजुभाइ, दिदीबहिनीले मानसिक समस्या झेल्नु पर्दैन उहाँले भन्नू भयो ।
त्यस्तै लमही नगरीपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले नेपालमा आर्थिक अवस्था कम्जोरका कारण थुप्रै नेपालीले अनाहकमा थुप्रै दाजुभाइले ज्यान गुमाउने गरेको बताउनु भयो । आर्थिक समस्याकै कारण वैदेशिक रोजगारमा जाने, राम्रो काम नहुँदा पैसा कमाउन नसकेर घर फर्किने,घरमा श्रीमान श्रीमतीको झगडा भैरहने,ऋणकर्जाले गर्दा मानसिक तनाब ब्यहोरेका जस्ता समस्याको कारण मानिसहरु दिनानुदिन डिप्रेसनमा जाने गरेको उहाँको भनाई छ ।
यस्ता खालका व्यक्तिहरुलाई समयमा मनोसामाजिक परामर्श दिनु पर्छ, यो दायित्व नगरपालिकाको पनि हो”- योगीले भन्नू भयो । कार्यक्रममा लमही नगरपालिका -१ का वडा अध्यक्ष दामोदर पौडेल, ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी,सामी कार्यक्रमसंग सम्बन्धित शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
