
dsbus
Gsbus
Nssbus7
Jsbus
gms
Rbs
Ddhbs
Ratbs
Csbus
Bksbus5
Gsl
Ssbus
Pbu
Amb

Pvg
Wsp
Rgs
Hal
Bbbpu
Ksm
Bbu
Rgu
nsb
Sls
Sbs
Gst
Ssm
Vor
Ggd
Rgu
Asm
Rsb
Tsm

Syp
Ptm
bbt
Bml
Pls
Jmb
Jmb
Gsb
Mks
Abd
Rmb
Rpp
sab
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ ।
महासङ्घका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले आज जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको छ ।
नेपाल सरकारसँग शुक्रबार भएको ६ बुँदे सहमति महत्वपूर्ण भएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाउँदै महासङ्घले आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक तथा कर्मचारीमा धन्यवाद दिएको छ । आन्दोलनका कार्यक्रम फिर्ताभएसँगै काठमाडौँ बाहिरबाट आएका शिक्षक घर फर्कन थालेका छन् ।
विद्यालय शिक्षासम्बन्धी संसद्मा दर्ता भएको विधेयकमा असन्तुष्ट जनाउँदै महासङ्घले यहि असोज ३, ४ र ५ गते काठमाडौँमा आन्दोलन गरेको थियो । असोज ३ गते सार्वजनिक बिदा परेकाले दुई दिनको पढाइ अवरुद्ध भएको थियो ।रातोपाटी
