
gms
Bksbus5
Jsbus
Gsl
Gsbus
Ssbus
Rbs
Amb
Csbus
Pbu
Ratbs
Ddhbs
dsbus
Nssbus7

Rgu
Bbu
Gst
Rsb
Rgs
Pvg
Sbs
Tsm
Ksm
Vor
Sls
Ssm
Hal
Bbbpu
nsb
Wsp
Asm
Rgu
Ggd

Abd
sab
Jmb
Rmb
Rpp
Gsb
Syp
bbt
Mks
Pls
Ptm
Jmb
Bml
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच छलफल भइरहेको छ । यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि शिक्षकहरु वार्तामा बसेका थिएनन् ।
बुधबार पहिलो दिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका उनीहरु आज भने गृह मन्त्रालयमा अनौपचारिक वार्तामा बसेका छन् ।
आज बिहान आठ बजेदेखि जारी छलफलमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ,नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।
त्यस्तै छलफलमा शिक्षकहरुका मागबारे कुराकानी भइरहेको छ । विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले विद्यालय बन्द गरी बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । उनीहरुले बिहीबार पनि काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् ।अनलाइनखबर
