
Ksbus
Ratbs
Gsl
Rbs
Jsbus
gms
Ddhbs
Nssbus7
bpmhl
Ksbus
Ksbus
Csbus
Pbu
Lsbus
Amb
dsbus
Ssbus
Gsbus
Bksbus5

Hal
Ssm
Ksm
Ggd
Asm
Bbu
Rgu
Wsp
Rgs
Tsm
Rgu
Rsb
Gst
Vor
Pvg
Sls
Sbs
nsb
Bbbpu

Syp
Rpp
Jmb
Gsb
Pls
Jmb
Rmb
Bml
bbt
sab
Mks
Abd
Ptm
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा ५९ औं बाल दिवस कार्यक्रम शुक्रबार भब्य कार्यक्रमका साथ सम्पन्न भएको छ ।
राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष बुढाथोकीले गाउँपालिका भित्रका विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई अनुशासित भएर पढ्न आग्रह गर्नु भएको छ ।
आफुहरु राजपुर गाउँपालिकामा निर्वाचित भएर आइसकेपछि शिक्षा क्षेत्रमा शुन्य शुल्कमा विद्यालय संचालन गरिसकेको हुँदा अब निर्धक्क भएर पढ्न समेत अध्यक्ष बुढाथोकीले विद्यार्थीहरुलाई आग्रह गर्नु भयो । राजपुर गाउँपालिकालाई समृद्धि पालिका बनाउनका लागि आफुहरु दिन रात नभनि निरन्तर लागि परेको बताउनु भयो ।
बालबालिकामा लगानी:सुनिश्चित भविष्यको थालनी
भन्ने मुल नाराका साथ संचालन भएको कार्यक्रममा हाजिरी जवाफ तर्फ पहिलो साधारण नमूना माध्यमिक विद्यालय, दोस्रोमा माध्यमिक विद्यालय दुलैया,तेस्रो माध्यमिक विद्यालय सिक्टा र सान्त्वनामा शंकर माध्यमिक विद्यालय रहेको थियो ।
त्यस्तै वक्तित्वकला कार्यक्रममा पहिलो माध्यमिक विद्यालय दुलैयाका छात्रा ममता बुढा,दोस्रोमा जनज्योति माध्यमिक विद्यालयका पुष्पा परियार,तेस्रोमा साधारण नमूना माध्यमिक विद्यालयका गेहेन्द्र कुमार यादव सान्त्वनामा जनज्योति माध्यमिक विद्यालयका देउमन सार्की रहेका छन् ।
महिला तथा बालबालिका शाखा राजपुरका प्रमुख सुनिता चौधरीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादव,प्रमुख प्रशासकीय अधिकृत बिष्णु कुमार पाण्डे,वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिर,वडा नम्बर ६ का वडा अध्यक्ष श्याम बहादुर रोका,शिव शक्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक लिलाधर बि.क लगायतकाले बोल्नु भएको थियो ।
पालिका भित्रका ६ वटा माध्यमिक विद्यालयले कार्यक्रममा सहभागी जनाएको उक्त कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख केशव लम्सालले गर्नु भएको थियो ।





