
Ssbus
Csbus
Ratbs
gms
Rbs
Pbu
Ddhbs
Gsbus
Gsl
Jsbus
Amb
dsbus
Bksbus5
Nssbus7

Bbbpu
Hal
Ksm
Pvg
Rgu
nsb
Rgu
Ggd
Vor
Rgs
Sbs
Gst
Wsp
Bbu
Sls
Tsm
Asm
Rsb
Ssm

Pls
Syp
Ptm
sab
Abd
Bml
Mks
Jmb
Gsb
Jmb
Rmb
Rpp
bbt
नुवाकोट । विदुर नगरपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा आत्महत्या राेकथामका लागि जनचेतनामूलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
रुम टु रिड पढ्नकाे लागि काेठा बालिका शिक्षा कार्यक्रमकाे समन्वयमा ´´आशा जगाऔं जीवन वचाऔं“ भन्ने मूल नाराका साथ विश्व आत्महत्या राेकथाम दिवस २०८० तदनुसार १० सेप्टेम्बर २०२३ का दिन च्वाडि माध्यमिक विद्यालय विदुर-५ माझिटार नुवाकोटमा आत्महत्या राेकथामका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रम विदुर नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बिनाेद कुमार खनालकाे अध्यक्षता तथा विदुर नगरपालिका वडा नम्बर-५ का वडा अध्यक्ष लिलानाथ न्याैपानेकाे प्रमुख आतिथ्यता र जनस्वास्थ्य अधिकृत पुर्णध्वज श्रेष्ठ, सामि परियाेजनाका निरु सूचिकार मनाेविमर्शकर्ता एशाेदा रिजाल,च्वाडि मावि बालक्लब संरक्षण शिक्षक गणेश बहादुर कुमाल,लेखापाल रामहरि सडाैला र बालिका शिक्षा कार्यक्रमका संरक्षक शिक्षक सूलाेचना श्रेष्ठ लगायतको आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि विदुर नपा-५ अध्यक्ष लिलानाथ न्याैपानेले क्षणिक आवेगमा प्राय आत्महत्या गर्ने भएकोले हामीले मनलाई नियन्त्रणमा लिन सक्नु पनि आत्महत्या राेकथाम रहेको बताउनु भएको छ । त्यस्तै उहाँले विद्यार्थी भाइ बहिनीहरुले आफ्नाे पढाइलेखाइ दैनिकि आहारविहारमा ध्यानदिने,स्वस्थ सम्बन्ध निर्माणगर्ने,आफुलाइ व्यस्त राख्ने,अनावश्यक अस्वस्थ सम्बन्धमा नवस्ने जस्ता राम्रा वानि व्यवहार गर्नु पनि राेकथाम तथा न्युनिकरण गर्नु हाे भनि बिचार प्रस्तुत गर्नुभएको थियाे ।
त्यस्तै सहभागी विद्यार्थीहरुमा च्वाडि बालक्लबका वरिष्ठ उपाध्यक्ष उमेश अधिकारि र विदुर-५ काे वडा स्तरीय बालक्लबका सचिव यूनिसा थापा मगरले बालबालिकाहरुमा पनि अस्वभाविक रुपमा आउने परिवर्तनको कारण आत्महत्याको घटनाहरु घट्ने गर्दछन् तसर्थ घटना न्यूनिकरणकाे लागि यस्ताे किसिमको सचेतनामूलक कार्यक्रमबाट राम्रो कुराकाे ज्ञान भएको भनाई सहभागि दाेयले बताउनु भएको थियो ।
यस्तै मन र समाज विचमा तालमेल नमिल्दा मनमा आउने सकारात्मक र नकारात्मक तनाबले गर्दा शिक्षकहरु तनाबमा हुदा विद्यार्थीकाे सकारात्मक विचार,भावना बुझ्न कठिनाई अबस्था आउनु स्वभाविक हाे याे कुरा विद्यार्थी भाईबहिनीहरुले पनि थाहापाउदा राम्रो हुने भनाई मनाेविमर्शकर्ता एशाेदा खतिवडाले सहजिकरण सहितकाे छलफलका क्रममा राख्नु भएको थियाे ।
त्यस्तै स्वास्थ्य संगठन (WHO) का अनुसार हरेक वर्ष आत्महत्याका कारण सात लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । प्रत्येक आत्महत्याको लागि, त्यहाँ धेरै व्यक्तिहरू छन् जसले आफ्नो ज्यान लिन खोज्छन्।करिब ७७ प्रतिशत आत्महत्या निम्न र मध्यम आय भएका देशमा हुने गरेको छ ।
आत्महत्या एक गम्भीर जनस्वास्थ्य समस्या हो, यसलाई समयमै प्रमाण-आधारित, र प्रायः कम लागतको हस्तक्षेपले जोखिमको प्रारम्भिक पहिचान, मूल्याङ्कन, व्यवस्थापन, र आत्महत्या गर्ने व्यवहार देखाउने व्यक्तिहरूको अनुगमन सहित रोक्न सकिन्छ।

