
pku
Rgp1
Gfs
Unsku
Sgr
Pbu
Djs
Ggp
cjs
Srbpu
sbs
Rgp
Pes
Lnp

Ksm
Rgs
Ggd
Ssm
Gst
Hal
Pvg
Rgu
Asm
Sbs
Bbbpu
Vor
Bbu
nsb
Sls
Wsp
Rsb
Tsm
Rgu

bbt
Syp
Abd
Ptm
Mks
Rpp
Jmb
Jmb
sab
Rmb
Pls
Gsb
Bml
दाङ । जिल्ला स्वास्थ्य कार्यालय दाङले डेंगु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि लमहीका सरोकारवालाहरुसंग अभिमुखिकरण कार्यक्रम गरेको छ ।
जिल्लामा डेंगु रोग निरन्तर उकालो लाग्न थालेपछि स्वस्थ्य कार्यालय दाङले दाङका सबै पालिकासंग अभिमुखिकरण कार्य गर्दै आएको स्वस्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले डेंगु प्रभावित क्षेत्रको पहिचान गरि लार्भा नष्ट गर्ने तर्फ सबै लाग्नु पर्ने बताउनु भयो ।
स्वास्थ्यकर्मीको टोलीसंग लमही बजारको अनुगमनमा पुग्नु भएका कार्यबाहक नगर प्रमुख योगीले बजार क्षेत्र उच्च जोखिममा रहेको भन्दै यस तर्फ आफू बच्ने र अरुलाई पनि बचाउने विषयमा सबैले चासो राख्नु पर्ने उहाँको भनाई छ ।
पानी जम्ने ठाउँ डेंगुको बस्ने मुख्य बासस्थान भएकोले ती ठाउँमा पानी जम्न नदिन, फोहोर राम्रोसँग व्यवस्थापन गर्न सम्पूर्ण नगरबासीमा अनुरोध गर्नु भएको छ ।
स्वास्थ्य टोली सहित बजार अनुगमनमा गएको टोलीले बजार क्षेत्रमा डेंगुका लार्भा थुप्रै लार्भा भेटिएको जनाएको छ । गाडीका टायरमा जमेको फोहोर पानी ती लार्भा भेटिएकोजजलमही नगरपालिका स्वास्थ्य शाखाग प्रमुख नारायण प्रसाद शर्माले जानकारी दिनु भयो । स्वास्थ्य कार्यालय र नगरपालिकाको एकल प्रयासमा मात्र डेंगु रोग नियन्त्रण हुँदैन,सम्पूर्ण पालिकाबासीहरुको पनि सहयोग रहनु पर्छ”- शर्माले भन्नू भयो ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका कार्यक्रम अधिकृत किशोर आचार्यले डेंगु रोग नियन्त्रण गर्न सबैको सहयोगको खाँचोरहेको बताउनु भयो । आफ्नो घरवरपर सफा राख्ने मुख्य कुरा रहेको उहाँको भनाई छ ।
कार्यक्रममा जनप्रतिनिधि,महिला स्वयंसेविका, उद्योगी व्यवसायी,सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले डेंगु रोगका बारेमा जानकारी गराउनु भएको थियो भने बामदेव शर्माले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय दाङको आयोजना एवम् लमही नगरपालिकाको संयोजनमा कार्यक्रम भएको हो ।
