
Ssbus
Ddhbs
Ratbs
gms
Amb
Pbu
Gsl
dsbus
Csbus
Rbs
Nssbus7
Jsbus
Gsbus
Bksbus5

Bbu
Rgu
Sls
Rgu
Vor
Bbbpu
Ssm
nsb
Ksm
Tsm
Asm
Rsb
Hal
Gst
Pvg
Rgs
Wsp
Sbs
Ggd

bbt
Rmb
Gsb
Jmb
Rpp
Bml
Pls
Mks
Jmb
Abd
Ptm
Syp
sab
मान्छे डाक्टर, इन्जिनियर, पाइलट, नर्स इत्यादि बन्न बडो मन लगाएर मिहेनत गर्छन् अनि गर्व पनि उतिकै गर्दछ। सबैकाे वाह! वाह! पाउँछन्। शिक्षा लिएर पढ्दै कोही गर्छ भने उसलाई अरु विषय भन्दा कमजोर ठानिन्छ ।
समाजमा क्षमता कम हुनेले शिक्षा पढ्छ भन्ने हामी सबै शिक्षित वर्गमै छौँ। कोही चाहँदैनौं भन्न मेरा छोरी शिक्षा संकाय लिएर पढ्दै छे। कसरी हामी सबै भुल्न गयौं? कि सबै पेशा जन्माउने जननी हो शिक्षा संकाय। राम्राे शिक्षक बनाउँछु भन्ने सोच कसैमा हुँदैन। जो एस.ई.ई. मा राम्राे नंबर ल्याएर पास हुन्छ। उसलाई कोही सल्लाह सुझाव दिँदैनौं कि असल शिक्षक बन शिक्षा संकाय रोज भनेर । एउटा शिक्षक पनि चाहँदैन उसको छोरा छोरी शिक्षक बनोस्। बडो दयनीय निरिह पेशा पुग्यो हाम्राे शिक्षण पेशा राज्यले नि अपेहेल्न गर्दैछ। शिक्षकलाई सुविधा अर्थात मलजल गरी आकर्षक बनाउनु पर्नेमा उसका हाँगा काटी ठुटो बनाइदिएको छ। अरु पेशा भन्दा कमजोर र कम महत्वको पेशा बनाइँदैछ किन? अबका वर्षमा शिक्षण पेशा मात्र ७०% कम ल्याउनेले रोज्ने पेशा बनाइएको छ? यसको कारण के हो? के यसरी नै शिक्षण पेशा प्रति आम धारणा रहन गए।
दक्ष जनशक्ति कसरी उत्पादन गर्छ विद्यालय? शिक्षण पेशालाई मर्यादित, सम्माननीय र बडो रोचक र आकर्षित पेशा बनाउन सकिएन भने अबको दिनमा के हाेला ? जेहेन्दार, प्रतिभाशाली व्यक्ति शिक्षण पेशा नरोज्दा कम अंक ल्याउने व्यक्तिले शिक्षण पेशा रोज्दा कलिला बालबालिकामा सुधार कसरी आउला ? देशले अपेक्षा गरे अनुसार दक्ष जनशक्ति उत्पादन विद्यालयले कसरी गर्न सक्छ? त्यसैले मलाई के लाग्दछ भने A+, A ल्याउने विद्यार्थीलाई किन शिक्षण पेशा रोज्न हिच्किचाउँछन् ? किन खुसीले यो पेशामा लगानी लगाएर पढ्न इच्छा गर्दैनन्? सरोकारवालाहरुले अबको दिनमा शिक्षा एन, शिक्षण पेशा प्रति रुचि जगाउने आकर्षित गर्ने वा याे पेशा अरू पेशा जतिकै बनाउन नसक्ने हो भने आझ पनि नंबर कम ल्याउने र अरु संकायमा नसकेकोले मात्र शिक्षा संकाय रोज्ने प्रणाली कायमै रहने छ।
राष्ट्रका गहना उत्पादन गर्ने शिक्षकप्रति समाजको सोच बद्लिनुपर्छ। नत्र यस्तै पुरानो ‘न्यारेटिभ’ बोक्ने हो भने कम्तिमा हाम्रा स्कुलहरुले भबिष्यमा राम्रा शिक्षक पाँउछ्न भन्ने आशा नगर्दा नै ठीक हुन्छ। डाक्टर, पाइलटदेखि प्रोफेसरसम्म राष्ट्रका कणधार उत्पादन गर्ने शिक्षक प्रति समाजको दृष्टिकोणमा कालो धब्बा छ। वास्तवमा समाजले कालो धन सोहोर्न सजिलो हुने मार्ग र पेशालाई नै ठूलो सम्मान भावले हेरिरहेको प्रतीत हुन्छ।
शिक्षण पेशामात्र होइन ठूलो अवसर पनि हो। राष्ट्रको सैद्धान्तिक र बैचारिक भबिष्यको नेतृत्व गर्ने कुरा सानो होइन। तुलनात्मक रुपमा शिक्षण पेशामा पैसा कम हुन्छ भन्ने सोचाई छ तर त्यो भन्दा ज्यादा इज्जत, प्रतिष्ठा र सम्मान आर्जन गरिन्छ भन्ने कुरा गौण बनिदिन्छ। त्यसैले मैले यसलाई जागिरको रुपमा मात्र हेर्दिन, उच्च सम्मान र प्रतिष्ठाको आयामको रुपमा बुझ्छु।
त्यसैले राज्यले शिक्षकहरुलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ। समाजले शिक्षकलाई सदैव मर्यादित पेशाको रुपमा बुझ्नुपर्छ र प्रत्येक आमाबाबुले आफ्नो छोराछोरी पनि शिक्षक बनोस भन्ने चाहाना राख्नुपर्छ। त्यसैले सोंच बदलौ, सकारात्मक भावनाको सञ्चार गरौं र शिक्षक हुनुमा गर्व गरौं । सब ठीक हुन्छ ।
लेखक ✍️ : पुजा पौडेल (भण्डारी)
(उहाँ श्री जनज्योति मावि,राजपुरकाे सहायक प्र.अ. हुनुहुन्छ)
