
Ggp
Ksbus
Asbus
Rgp
Ksbus
Msbus
Lnp
Ggp
Sdc


दाङ । घोराहीमा रहेको गुरुकुल एकेडेमीले तिज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । आज विद्यालयको प्राङ्गणमा एक औपचारीक कार्यक्रमको साथ हजारौं महिलाहरुको सहभागितामा तिज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयका महिला अभिभावक, कर्मचारी, पत्रकार लगायत अन्य क्षेत्रमा आवद्ध महिलाहरुको सहभागिता कार्यक्रम भव्यताका साथ समपन्न भएको हो । गुरुकुल एकेडेमीले हरेक वर्ष यसैगरी कार्यक्रमको आयोजना गर्दछ । कार्यक्रमकि प्रमुख अतिथि रहनुभएकी महेन्द्र बहुमुखि क्याम्पस कि पुर्व क्याम्पस प्रमुख तथा मध्यपश्चिम विश्व विद्यालय सेवा आयोगकि पुर्व अध्यक्ष समेत रहनु भएकि प्रा.डा.राधा शाहले हिन्दु नेपाली नारीहरुको महान चाड हरीतालिका तिजको अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै पर्व मनाउदा भड्किलो तथा खर्चिलो नभई आफ्नो गक्ष अनुसार मनाउनु पर्ने बताउनु भयो ।
साथै उँहाले नेपालीहरुको पर्व हर्सोल्लासका साथै आपसि माया र सद्भाव सहित मनाउनुपर्नेमा जोड दिनु भएको थियो । गुरुकुल एकेडमीले सम्पूर्ण महिलाहरुलाई एकै ठाँउमा जम्मा गरी तिजको अवशरमा शुभकामना आदानप्रदान गर्ने मौका जुराइदिएकोमा धन्यबाद समेत प्रदान गर्नुभएको थियो भने यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने पनि बताउनुभएको थियो ।
तिज विशेष कार्यक्रम संगै उपस्थित महिलाहरुले दर संगै नाच गान गरी मनोरञ्जन लिएका थिए । कार्यक्रममा विद्यालयका शिक्षिकाहरुले नृत्य समेत प्रस्तुत गरेका थिए भने चर्चित गायिका उर्मिला कुसुन्डाले पनि आफ्नो बेजोड प्रस्तुति राख्नुभएको थियो । बिद्यालयका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरे सहितको पुरुषहरुको समुहले दर तयार गरी महिलाहरुलाई भोजन गराएको थियो ।
त्यस्तै विद्यालयकि मन्टेस्वरी संयोजक लोचना पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्र बहुमुखि क्याम्पस कि पुर्व क्याम्पस प्रमुख तथा मध्यपश्चिम विश्व बिद्यालय सेवा आयोगकि पुर्व अध्यक्ष समेत रहनुभएकि प्रा.डा. राधा शाहको प्रमुख आतिथ्यतामा काय्रकैम सम्पन्न भएकोथियो । गुरुकुल एकेडेमीकि शिक्षिका शान्ता बस्नेतको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षिका रेशु राउतले गर्नुभएको थियो ।

