
Usb
Ksb
Rks
Nsb
Ksb
Rsb
Ksb
Csb
Ssb
Fmb
Ssb
Tgp
jsb
Bsn
Gsb
Ppu

Tsb
Hl1
Ssb
Gsb
Usb

Rgu
Nps
ptl
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछाने विरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ।
उक्त मुद्दाको अन्तिम बहस पटक-पटक स्थगित हुँदै आएको छ । भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर,मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो ।
१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटेलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। मुद्दाको टुङ्गो नलागेकै अवस्थामा सन्दीपले पाकिस्तान र बङ्गलादेश पुगेर एसिया कप खेली नेपाल फिर्ता भइसकेका छन्।
