
Lnp
Sdc
Rgp
Ksbus
Ksbus
Ggp
Asbus
Ggp
Msbus


दाङ । देउखुरीको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।
साेही कार्यक्रमको बारेमा मंगलबार राप्ती गाउँपालिकाका अध्यक्ष तथा शिक्षा समितिका संयोजक प्रकाश विष्टको अध्यक्षतामा शिक्षा समितिका पदाधिकारी तथा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुकाे संयुक्त तयारी बैठक बसेको हो ।
“दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरता प्रवर्द्धन ” भन्ने मूल नाराका साथ भदौ २२ गते अर्थात शुक्रबार मनाइने उक्त दिवसका अवसरमा पालिकाले २० गते पालिकाकाे सभाहल मसुरीयामा आधारभूत र माध्यमिक तहका विद्यार्थीहरुलाई छुट्टाछुट्टै विषयमा वक्तृत्वकला,कविता वाचन र निबन्ध प्रतियोगिताकाे आयोजना गरेको छ।भने २१ गते प्राथमिक र आधारभूत तहका विद्यार्थीहरुलाई आदर्श नमुना माध्यमिक विद्यालय लालमटियामा चित्रकला प्रतियोगिताको आयोजना गरिएको छ।
त्यस्तै उक्त दिवसको अवसरमा शैक्षिकसत्र २०७९ मा विभिन्न तहमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मान समेत गर्ने भएको छ । मंगलबार साझ बसेको साे बैठकले प्रतियाेगित्मक कार्यक्रम लाई व्यवस्थित र मर्यादित बनाउनका लागि विभिन्न उप समितिहरु समेत गठन गरेकाे छ।
बैठकमा शिक्षा समितिका पदाधिकारी,सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक र स्काउट शिक्षकहरुको उपस्थिति रहेको थियोे । बैठकको सहजीकरण गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गर्नु भएको थियोे ।

