
Ggp
pku
Rgp
Gfs
cjs
Djs
Unsku
Lnp
Pes
Ses
Pbu
Srbpu
Rgp1
Sgr

Ggd
Bbbpu
Rsb
Rgs
Wsp
Pvg
Asm
Sls
Rgu
Vor
Ssm
Hal
Gst
Tsm
Ksm
nsb
Bbu
Sbs
Rgu

Syp
Ptm
bbt
Mks
Gsb
Jmb
Rmb
sab
Rpp
Bml
Jmb
Pls
Abd
दाङ । लोपोन्मुख कला संस्कृतिको संरक्षण,सम्बर्धन र उन्नयनमा स्थानीय सरकारको तर्फबाट जोडदार पहल गरिने गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ ।
गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रको हालै सम्पन्न प्रथम अधिवेशन तथा तेश्रो बार्षिक साधारणसभाको उद्घाटन गर्दै पोख्रेलले यस्तो बताउनु भएको हो । कला संस्कृति राष्ट्रको अनमोल गहना भएको र गढवा गाउँपालिका क्षेत्रमा पञ्चैबाजा बजाउने कार्य लोपोन्मुख अवस्थामा पुगेको वेला मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम बाट स्थानीय सरकारकै लगानीबाट गैरदलित समुदायले अभियानकै रुपमा सुरु गरेकोमा प्रशंसा गर्दै सबै जात जाती र समुदायको कला संस्कृतिलाई समेटेर बहुजातिय सांस्कृतिको संरक्षणतर्फ अबका दिनमा स्थानीय सरकारले समेत थप पहल गर्दै जाने उहाँले बताउनुभयो ।
गढवा क्षेत्रमा बहुसाँस्कृतिक संग्रहालय समेत बनाउन आवश्यक रहेको भन्दै शर्माले स्थानीय समुदायबाट पहल भएमा स्थानीय सरकारले यसकालागि थप पहलकदमी गर्ने बताउनुभयो । गत तिनबर्ष अघि स्थानीय सरकारको मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रमबाट १ महिने तालिम लिएर पञ्चैबाजा बजाउन सुरु गरेका कला संस्कृति संरक्षणतफ उम्न्मुख उक्त टिम अहिले आफैमा स्वरोजगार बनेको संस्कृतिप्रेमी रेशमबहादुर शाहीले बताउनुभयो ।
गाउँपालिकाको बजेटबाट तालिम लिएपछि घरेलु तथा साना उद्योग कार्यालयले थप तालिम संगै बाजागाजाहरु किन्न प्राबिधिक सपोर्ट गरेको र हाल महिला–पुरुष दुवैले बाजा बजाउन दक्ष भै देशका बिभिन्न स्थानहरुमा पुग्ने गरेको उहाँले बताउनुभयो । स्थानीय सरकारका बजेट तालिममा मात्र सिमित भएर बालुवामा पानी खनाए सरह हुन्थे तर पञ्चैबाजा बजाउने तालिमबाट झण्डै २४ जना महिला पुरुषहरुले रोजजगार पाएको संस्थापक अध्यक्ष चुडामणी पौडेलले बताउनुभयो ।
गढवाको उक्त टिमलाई देशका बिभिन्न स्थानहरुमा बिवाह,बर्तवन्ध,पूजाआजा लगायतका काममा बजा बजाउन जाने अवसर आफूले पनि जुराईदिएको गढवा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष रविलाल आचार्यले भन्नुभयो । हामीसंग २ सेट नौमतिबाजाहरु छन् । २४ जनाले बजाउने तालिम लिएर दक्ष भै सकेका छौ । दाङ जिल्लाका सबैजसो स्थानहरु र छिमेकी जिल्ला प्यूठान,अर्घाखाची, रोल्पा, कपिलबस्तु, बाँके, बर्दिया,कैलाली,रुपन्देही, नवलपरासी र चितवन सम्म पनि माग भए बमोजिम हामीहरु बाजा बजाउन जाने गरेका छौं–अध्यक्ष दयाराम थापाले भन्नुभयो । सरकारी निकायमा संस्था दर्तागरि बैधानीक मान्यताका साथ हामीले नाम र दाम दुबै कमाएका छौं भने सरकारलाई कर पनि तिरेका छौं–अध्यक्ष थापाले भन्नुभयो । हाम्रा बाउबाजेले शंख फूक्थे हामीले सनही फूक्न थाल्यौं, सिकेपछि रोजगारी पाईएको छ । हामी महिलाहरुले पनि पुरुष सरह वाजा बजाउने गर्छौं । काम कुनैपनि ठूलो–सानो हुदैन–गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका सदस्य सिता पौडेलले भन्नुभयो ।
संस्थाका अध्यक्ष चुडामणि पौलेलको अध्यक्षता र गढवा गाउँपालिकाका प्रमुख यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा वडा नम्बर ६ का अध्यक्ष बिरबहादुर आले, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढामगर,निवर्तमान अध्यक्ष रविलाल आचार्य, बुद्धिजीवी समाजसेवीहरु गुणनिधी शर्मा,किरण पौडेल,दिपक कुमार यादव,सकुन्तला डिसी, चित्रबहादुर खड्का,एम्मे बहादुर बस्नेत र दामोदर ढुंगाना लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।
त्यस्तै सो अ वसरमा रविलाल आचार्यले निःशुल्क रोष्टम हस्तान्तरण गर्नुभएको थियो भने नेपाली काँग्रेस गढवाका सभापति किरण पौडेलले २ हजार ५ सय नगद सहयोग प्रदान गर्नुभएको थियो । कार्यक्रममा संस्थागत प्रतिवेदन सचिव तिलक पुनले प्रस्तुत गर्नुभएको थियो भने आयब्यय प्रतिवेदन
कोषाध्यक्ष रेशम शाहीले प्रस्तुत गर्नुभएको थियो ।
यसैबिच संस्थाको स्थापना देखि हालसम्म संचार माध्यम लागायत बिविध कोणबाट सहयोग पुर्याएको भन्दै युगबोधकर्मि पत्रकार शिबराज पन्थी र स्थानीय समाजसेवी रामप्रसाद आचार्यलाई संरक्षण केन्द्रले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव तिलक बहादुर पुनले गर्नुभएको थियो ।
थापाको अध्यक्षतामा सर्बसम्मत नेतृत्व चयनः
यसैबिच गढवा पञ्चैबाजा काला संस्कृति संरक्षण केन्द्रले प्रथम अधिवेशन र तेश्रो साधारणसभा सम्पन्न गरि गढवा क्षेत्रका संस्कृतिप्रेमी सामाजिक ब्यक्तित्व दयाराम थापाको अध्यक्षतामा सर्बसम्मत नेतृत्व चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा तिलक बहादुर पुन, सचिवमा भिम बहादुर थापा, कोषाध्यक्षमा रेशमबहादुर शाही र सहसचिवमा जुग्नी चौधरीलाई सर्बसम्मत चयन गरेको छ । यसैगरी सदस्यहरुमा सिता पौडेल,बिनबहादुर पुन,थानेश्वर आचार्य,हुर्मत बिसी,जितबहादुर नेपाली र राजेन्द्र चौधरी रहनु भएको छ ।

