
Rgp
Ggp
Sgp
Rgp
Lnp
lnp
Rgp
Dus
Jns
ksb
Rgp
Usb
Lks
Ggp
Asb

lms

काठमाडौ । अफगानिस्तानमा सेनाका दुई हेलिकप्टर ठोक्किँदा कम्तीमा ९ जनाको ज्यान गएको छ। घाइते सैनिकको उद्धारमा खटिएका दुई हेलिकप्टर दक्षिण प्रान्ट हेल्मन्डमा ठोक्किएका हुन् ।
मृत्यु हुनेमा केही वायु सेनाका उच्चतहको तालिम प्राप्त अधिकारी रहेका छन् । प्राविधिक कारणले हेलिकप्टर दुर्घटनामा परेका हुन् । स्थानीय समय अनुसार बुधबार बिहान नवा जिल्लामा सो घटना भएको हो ।
सो क्षेत्रमा पछिल्ला दिनहरुमा तालिबान र अमेरिकी वायु सेनाको साथ पाएका अफगान सैनिकबिच भिडन्त हुँदै आएको छ । सोही भिडन्तमा घाइते भएकाहरुको उद्धारमा खटिएका दुई हेलिकप्टर ठोक्किएका हुन् ।
