
Djs
pku
Ses
Rgp1
Sgr
Lnp
Srbpu
Ggp
Pbu
Gfs
Rgp
Pes
cjs
Unsku

Tsm
Ssm
Rgu
Gst
Bbbpu
Sbs
Pvg
Sls
Ksm
nsb
Rgs
Wsp
Bbu
Rsb
Vor
Asm
Hal
Ggd
Rgu

Rmb
Mks
Bml
Gsb
Rpp
Pls
Jmb
Abd
sab
bbt
Jmb
Ptm
Syp
दाङ । देउखुरीको गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउन सम्भाव्यता अध्ययन टोली गढवा गाउँपालिकामा अध्ययन गरिरहेको छ।
ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौंका चार सदस्यीय र सेरामिक हब सम्भाव्यता अध्ययन समितिका संयोजक र सदस्यहरु सहितको टोलीले गढवा गाउँपालिकाको बिभिन्न स्थानमा सम्भाव्यता अध्ययन गरिरहेको सेरामिक हब संभाव्यता अध्ययन समितिका संयोजक आशाराम चौधरीले जानकारी दिनु भयो।
सम्भाव्यता अध्ययन गरी कार्ययोजनाको खाका सहितको प्रतिवेदन पेश गर्न गढवा गाउँपालिकाका वडा नं. ३ का वडा सदस्य आशाराम चौधरीको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेश्वर महतो, अग्रज कलाकार गोपाल कलाप्रेमी, गढवा गाउँपालिकाको वडा नं ६ का वडा सदस्य मानु कुमाल र वडा नं ३ का वडा सदस्य तथा कलाकार चुनुराम थारु सदस्य रहनु भएको छ । उक्त टोली सेरामिक हब सम्भाव्यता अध्ययन समितिले अध्ययन पश्चात प्रतिवेदन पेश गर्ने सम्भाव्यता अध्ययन समितिका संयोजक आशाराम चौधरीले जानकारी दिनु भयो ।
गढवामा माटोको भाँडा बनाउने व्यवसायलाई व्यवस्थित र आधुनिकीकरण गर्न गढवा गाउँपालिकाले पहल सुरु गरेको छ र ललितकला प्रज्ञा प्रतिष्ठानसँगको संयुक्त पहलमा परम्परागत सिपलाई आधुनिकीकरण गर्ने र भविष्यमा पालिकालाई नै सेरामिकको हब बनाउने योजना अनुसार काम सुरु गरिएको गढवा पालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । माटाका भाँडा बनाउने परम्परागत कलालाई संरक्षण गर्दै प्रविधिमैत्री बनाउने र त्यसलाई आर्थिक उपार्जनसँग जोड्ने लक्ष्य अनुसार गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउने तर्फ पालिका निरन्तर लागि परेको अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।
सम्भाव्यता अध्ययन टोलीले गढवा, पत्रिङ्गा, खैरा र पचाहका लगाएतको ठाउँमा अध्ययन गर्ने र गढवा गाउँपालिकामा समेत जनप्रतिनिधि तथा प्रशासनिक संग छलफल गरेको छ भने। हाल यि ठाउँहरुमा बसोवास गर्ने कुमाल र चौधरी समुदायका व्यक्तिहरुले गमला,खुत्रुके,गाग्री,दियो लगाएतका सामाग्री बनाउने र बिक्री वितरण गरिरहेका छन्। तर गढवा गाउँपालिकाले ति सिपलाई आधुनिकीकरण गर्दै कप, प्लेट, घर सजावटका सामाग्री, गरगहना, मुर्ती लगायतका सामाग्रीमा उत्पादन गर्ने र त्यसलाई दिश बिदेशमा निर्यात गर्ने उद्देश्यले सेरामिक हब नै बनाउन पालिका लागिपरेको छ।
सम्भाव्यता अध्ययन टोलीले गढवा गाउँपालिका वडा नम्बर ६ कुमाल बस्तीमा माटोका भाँडा बनाउने समुदायहरु संग छलफल गरेको छ ।छलफलका क्रममा युवा नेता तथा युवा गणेश कुमार कुमालले माटोको भाँडा निर्माणमा परनिर्भर भएको बताउनु भयो। बाउ बाजेको पाला देखी माटोको भाँडा निर्माणमा नै निर्भर भएता पनि हालको युवा पुस्ताले भने माटोको भाँडामा आफ्नो भविष्य नदेखिएकोले अन्य पेशामा लाग्न थालेको बताउनुभयो। बिध्धुतिय प्रविधि र मेसेनरी प्रविधिबाट माटोको भाँडाको निर्माणमा धेरै आसा पलाएको बताउनुभयो। उत्पादन भए बमोजिम बजारीकरणको व्यवस्थापन हुन नसक्दा उत्पादनमा ह्रास भएको बताउदै कुमालले युवा पुस्ता लाई माटोको भाँडा बनाउने पेशामा पुनः लाग्न बिशेष पहल गर्न आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी सेरामिक हब सम्भाव्यता अध्ययनका लागि आउनु भएका सेरामिक बिज्ञ गोपाल कलाप्रेमीले सेरामिक हबले गढवा गाउँपालिका र माटोको भाँडा बनाउनेहरुको जिवन यापनमा आमुल परिवर्तन आउने बताउनु भयो। गढवाको बिभिन्न ठाउँको माटो परीक्षण गर्दा सेरामिक हब बनाउन सकिने र कुनै समस्या नआउने बताउनु भयो। गढवाको माटोबाट एकदमै पातला भाँडा पनि बनाउन सकिने विशेषता रहेको बताउनुभयो। गढवाको जस्तो माटो नेपालका अरु ठाउँमा नभएको बताउदै भन्नु भयो-‘ यहाँको माटोमा झण्डै ११ सय डिग्री सेल्सियससम्म ताप सहन सक्ने क्षमता छ ।’ माटोमा ठुलो सम्भावना देखिएको बताउनुभयो।
हाल काठदाउराको जोहो गर्न गाह्रो हुने र त्यसबाट वातावरण पनि प्रदूषित हुने गरेकोले पहिलो चरणमा परम्परागत भट्टीको सट्टा विद्युतीय भट्टी निर्माण गरिएको छ ।प्रदेश सरकारको सहयोगमा खैरा, गढवा र पत्रिङ्गा तीनवटै गाउँमा इलेक्ट्रिक भट्टी निर्माण भएको छ।



