
cjs
Pbu
Rgp1
Pes
sbs
pku
Ggp
Djs
Gfs
Sgr
Unsku
Srbpu
Lnp
Rgp

Wsp
Rgu
Tsm
Ksm
Ggd
Rgs
nsb
Bbbpu
Hal
Gst
Sls
Pvg
Bbu
Asm
Rgu
Vor
Rsb
Sbs
Ssm

Syp
Rmb
Mks
bbt
Gsb
Rpp
Jmb
Ptm
sab
Abd
Pls
Jmb
Bml
दाङ । जिल्लाभर अहिलेसम्म ५५ जनामा मानिसहरुमा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
हाल लमही नगरपालिकामा २३, राप्ती गाउँपालिकामा १२, घोराही उपमहानगरपालिकामा १४, तुलसीपुर उपमहानगरपालिकामा २९ र गढवा गाउँपालिकामा १३ जना गरि ५५ जना मानिसमा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनु भयो ।
संक्रमण भएका पालिकाहरुले दिएको विवरण अनुसार सबै उमेरका महिला तथा बालबालिका र पुरुषहरुमा डेंगु संक्रमण भएको चन्दले बताउनु भयो । हालसम्म डेंगु संक्रमणबाट कसैको मृत्यु भैसकेको जानकारी आएको छैन, तर दाङ जिल्लामा पनि डेंगु रोग बिस्तारै फैलिरहेको छ । भदौ र असोजमा ह्वात्तै बढ्न सक्ने देखिन्छ’– फोकल पर्सन चन्दले भन्नु भयो ।
चन्दका अनुसार डेंगु रोक नियन्त्रणका लागि थुप्रै कार्यक्रम भैरहेका छन् । हामीले कार्यालयमा एक जना फोकल पर्सन भनेर तोकेका छौं, उहाँले जिल्लाका दशवटै पालिकाहरुका स्वास्थ्य शाखाहरुसंग व्यापक छलफल र समन्वय गरि रहनु भएको छ” जिल्ला स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बर कंवरले भन्नू भयो । हामीले हाम्रो तर्फबाट पनि सक्दो पहल गरेका छौं, महामारी रुपमा फैलिन नदिन हामीले पनि सतर्कता चाहिं अपनाएकै छौं’–कंवरले भन्नु भयो ।
हालसम्म ८ जनाको मृत्यु
अहिलेसम्म देशभर डेंगुका कारण ८ जनाको ज्यान गैसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । इडीसीडीको तथ्यांक अनुसार गत पुसदेखि असार ३० सम्म आइपुग्दा २ हजार ९३० जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । एक महिनायता डेंगु संक्रमित पाँच गुणाले बढेका छन् ।
त्यस्तै २६ साउनसम्म १२ हजार ४९९ संक्रमित पुगेसँगै ७४ जिल्लामा डेंगु फैलिसकेको छ । जसमध्ये ६ हजार ६६७ सुनसरी जिल्लामा मात्रै छन् । सरकारी तथ्यांक अनुसार हालसम्म आठ जनाको मृत्यु पनि भइसकेको छ ।इडीसीडीका अधिकारीका अनुसार भदौं महिनामा उच्च गतिमा फैलिने र कात्तिक अन्तिमसम्म डेंगुको जोखिम रहने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
