
Ksb
Ssb
Ksb
Usb
Tgp
Csb
Gsb
Bsn
Fmb
Rks
Ssb
Ksb
jsb
Rsb
Nsb
Ppu

Tsb
Gsb
Usb
Hl1
Ssb

Nps
ptl
Rgu
दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले मुत्त कमैयालाई रोजगारीमा जोड्नकालागि बजेट बिनियोजन गरेको बताउनु भएको छ ।
आज परेको २३ औं मुक्ती दिवसका अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै कमैयालाई रोजगारीमा जोड्नकालागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको बताउनुभयो ।
उहाँले कमैयाको मुक्ती भएपनि उचित ब्यबस्थापन हुन नसक्नु दुःखद रहेको भन्दै त्यसतर्फ प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । लुम्बिनी प्रदेश भित्र धेरै पूर्व कमैयाहरु रहेको भन्दै उनीहरुको उचित ब्यबस्थापनमा सरकार दत्तचित्त भएर लागेको समेत उहाँको भनाई छ । २०४७ साल साउन २ गते कमैया मुक्ती घोषणा गरिएको थियो ।
