
Ggp
Pes
pku
Gfs
cjs
Pbu
Rgp1
sbs
Rgp
Sgr
Srbpu
Unsku
Djs
Lnp

Sbs
Rgs
Ggd
nsb
Rsb
Bbbpu
Gst
Sls
Hal
Bbu
Tsm
Wsp
Rgu
Vor
Asm
Ksm
Rgu
Pvg
Ssm

Syp
Pls
Rpp
Mks
Ptm
Jmb
Rmb
sab
Jmb
Bml
Abd
bbt
Gsb
दाङ । दाङमा पशुचौपायामा नयाँ भाइरस देखिएको छ । नेपालका अन्य जिल्लामा समेत देखा परेको ‘लम्पी स्किन’ नामको भाइरस गाई भैंसीमा देखा परेको हो । दाङको राप्ती गाउँपालिकामा यो भाइरस देखा परेको गाउँपालिका पशु सेवा शाखाका प्रमुख शेरबहादुर हमालले बताउनुभयो ।
उहाँका अनुसार यो लम्पी स्किन नामको भाइरस गाई, भैंसीमा देखा परेको र तिनीहरुबाट जन्मिएका बाच्छाबाच्छी सर्ने गरेको छ । यो भाइरस पशु सेवा शाखाको पहलमा मात्र नियन्त्रण गर्न नसकिने भएकोले भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङलाई जानकारी गरी सहयोग गर्न अनुरोध गरिएको प्रमुख हमालले बताउनुभयो ।
यो रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने,ज्वरो आउने,खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छोड्ने समस्या देखिने र अन्तिममा मृत्यु समेत हुने हमालले जानकारी दिनुभयो । यस भाइरसको नेपालमा औषधि नभएको भन्दै उहाँले किसानलाई भाइरसबाट गाई, भैंसी बचाउन पहिले नै सतर्क रहन समेत आग्रह गर्नुभयो ।
