
Syees
syysr
Amb
Ssbus
Bksbus5
dsbus
Ddhbs
Nssbus7
Rbs
Gsl
Pbu
Ratbs
Gsbus
Jsbus
Csbus
gms

Rgs
Rsb
Bbu
Rgu
Asm
Rgu
Hal
nsb
Bbbpu
Sls
Vor
Ggd
Sbs
Wsp
Gst
Tsm
Ssm
Pvg
Ksm

Rpp
Bml
Abd
Jmb
Rmb
Syp
Jmb
sab
Ptm
Pls
bbt
Gsb
Mks
दाङ । नेशनल प्याप्सन लुम्बिनी प्रदेशले २०७९ को एसईईमा जिल्ला सर्वोत्कृष्ट अंक ल्याउने लुम्बिनी प्रदेशका २१ जना विद्यार्थीहरू र विद्यालयलाई सम्मान गरेको छ ।
नेशनल प्याप्सनले बिहीबार भालुवाङमा एक कार्यक्रमको आयोजना गरि नेपालटप र जिल्ला स्तरमा सर्वोत्कृष्ट अंक ल्याउने २१ जना विद्यार्थीहरू र विद्यालयलाई सम्मान-पत्र, नगद र खाँदा लगाएर सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरूमा दाङ स्थित ज्ञानज्योति माविकी जेनिशा सुवेदीले ४ जिपिए, नवलपरासी स्थित लिटिल बुद्व इङलिस बोडिङ स्कुलकी तृष्णाकुमारी गाैडले ४ जिपिए ल्याए नेपालटप भएका छन् ।
त्यसै गरि बर्दिया स्थित बर्दिया ऐकेडेमी एण्ड पोलिटेक्निकका गोविन्द कुमार विसीले ३.९० जिपिए, रूपन्देही स्थित सुनगाभा पव्लिक स्कुलका विवेक जैशीले ३.९५ जिपिए, सोही स्कुलका सुलभ थापाले ३.९५, सोही स्कुलकै प्रशंसा थापाले ३.९० जिपिए, नवलपरासी स्थित लिटिल बुद्व एजुकेशन फाउन्डेसनका डेविड कुर्मीले ३.८५ जिपिए, गुल्मी स्थित लिटिल स्टार पव्लिक स्कुलकी प्रतिमा थापाले ३.७० जिपिए, सोही जिल्ला स्थित गण्डकी इङलिस बोडिङ स्कुलका अस्विन जिसीले ३.७५ जिपिए ल्याएका छन् ।
यस्तै अर्घाखाँची स्थित सन्धिखर्क ग्रिन इङलिस बोडिङ स्कुलका रिशव खनालले ३.७० जिपिए, सोही स्कुलका समिन पाैडेलले ३.७० जिपिए, कपिलवस्तु स्थित अन्नपूर्ण विद्या मन्दिरकि रोस्नी चाैधरीले ३.८५ जिपिए, सोही जिल्ला स्थित लुम्बिनी ग्यालेक्सीका दिपेन्द्र कुमार चाैधरीले ३.६० जिपिए, बाँके स्थित हिमालय विद्या निकेतनका जवेल गिरीले ३.९० जिपिए, सोही विद्यालयकी कविता सुनारले ३.८५ जिपिए ल्याएका छन् । यस्तै बाँके स्थित तक्षशिला एकेडेमी सलिना पाैडेलले ३.८५ जिपिए, सोही जिल्लाकै पञ्चमुखी इङलिस मोडेल स्कुलकी पुजा खत्रीले ३.८५ जिपिए, होप इन्टरनेशनलकी गाैरिका अग्रवालले ३.८५ जिपिए, दाङ स्थित अमृत एकेडेमीका सागर बस्नेतले ३.९५ जिपिए, कपिलवस्तु स्थित लुम्बिनी ग्यालेक्सी बि.एसका मोहम्मद उमरले ३.६० जिपिए ल्याएका छन् ।
नेशनल प्याप्सन लुम्बिनी प्रदेशका अध्यक्ष कुबेर बस्नेतको अध्यक्षता एवम् केन्द्रीय उपाध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख आतिथ्यता तथा केन्द्रीय सचिव कृष्ण पाैडेलको विशिष्ट आतिथ्यतामा भएको सम्मान कार्यक्रममा केन्द्रीय सदस्यहरू बामदेव न्याैपाने, कृष्णप्रसाद घिमिरे, राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष हुमनाथ ढंगानाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन प्रदेश सचिव तथा फेमिली प्याराडाइज इङलिस बोडिङ स्कुलका प्रबन्ध निर्देशक टोपेन्द्र खनालले गरेका थिए ।
