
pku
Pes
Lnp
cjs
Srbpu
Ggp
Sgr
Pbu
sbs
Djs
Gfs
Rgp1
Rgp
Unsku

Tsm
Hal
Rgs
Ggd
Rgu
Bbbpu
Rgu
Pvg
Ksm
Sbs
Vor
Wsp
Rsb
Bbu
Sls
Gst
nsb
Asm
Ssm

sab
Abd
Pls
Rpp
bbt
Mks
Jmb
Jmb
Rmb
Gsb
Ptm
Syp
Bml
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सम्भावित मनसुनजन्य क्षति न्यूनीकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण तयारी अवस्थामा राखेको छ ।
सशस्त्र प्रहरीले डोजर, लोडर गरी १३ वटा हेभि इक्यूपमेन्टलाई प्रधान कार्यालयसहित कोशीको बराह बाहिनी सुनसरी,महेश्वरी बाहिनी सुर्खेत, बैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, विपद् उद्धार उपत्यका गण काठमाडौं र कालिका गण कास्कीमा तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए । यस्तै कोशीको सुनसरीदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म ३१ जिल्लाका ४४ वटा सशस्त्र प्रहरी बल नेपालको युनिटमा १ सय ७ वटा मोटरबोट र र्याफ्टबोट र १४ जिल्लाका १७ वटा सशस्त्र प्रहरी बल नेपालका युनिटमा ३३ वटा डिजास्टर रिलिफ सिस्टम (डीआरएस) कन्टेनरसमेत तयारी हालतमा राखिएको उनले बताए ।
त्यस्तै,८ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स तथा जनशक्तिसहित बराह बाहिनी सुनसरी, छिन्नमस्ता बाहिनी महोत्तरी,मुक्तिनाथ बाहिनी कास्की, विन्ध्यावासिनी रुपन्देही,महेश्वरी बाहिनी सुर्खेत, बैद्यनाथ बाहिनी कैलाली,विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद उद्धार उपत्यका गण काठमाडौंमा तयारी अवस्थामा राखेको सशस्र प्रहरीले जनाएको छ ।
डीएसपी थापाका अनुसार ‘ए’ क्लासका ८ वटा एम्बुलेन्स बराह बाहिनी सुनसरी,छिन्नमस्ता बाहिनी महोत्तरी, मुक्तिनाथ बाहिनी कास्की,महेश्वरी बाहिनी सुर्खेत,बैद्यनाथ बाहिनी कैलाली,नेपाल एपीएफ अस्पताल बलम्बु,क्षेत्रीय अस्पताल बाँके र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा तयारी अवस्थामा रखिएको छ । सशस्त्रले विपद व्यवस्थापन तालिम प्राप्त गोताखोर आवश्यक उपकरणसहित सातै वटा प्रदेशमा रहेका सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालय,विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् उद्धार उपत्यका गण काठमाडौंमा परिचालन गरेको डीएसपी थापाले बताए ।
सातै प्रदेशमा रहेका बाहिनी मुख्यालय, पशुपतिनाथ बाहिनी काठमाडौं, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, विपद् उद्धार उपत्यका गण काठमाडौं, रेस्क्यु टावर फेवाताल कास्की र रेस्क्यु टावर नारायणी नदी किनार चितवन, विपद् व्यवस्थापन बेसहरू मुलघाट धनकुटा,निजगढ बारा, आदमघाट धादिङ,बेनी म्याग्दी,भालुबाङ दाङ, चिप्ले सुर्खेत र अमरगढी डडेलधुरामा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन टोली आवश्यक उपकरणसहित खटिएको डीएसपी थापाले बताए ।
