
Tgp
Rsb
Usb
Ksb
Ssb
Ssb
Nsb
Gsb
Bsn
Rks
Ksb
Ksb
Ppu
Csb

Usb
Tsb
Gsb
Ssb
Hl1

ptl
Rgu
Nps
कपिलवस्तु । विजयनगर गाउँपालिकाकाे वडा नम्बर ७ मधुनगर साेनबरसामा अवस्थित त्रिनेत्र आधारभूत विद्यालयमा छात्रवृत्ति र खाजा वितरण गरिएको छ ।
विद्यालयमा रहेका ३ सय ५० जना छात्रा र दलित विद्यार्थीलाई मंगलबार छात्रवृत्ति र खाजा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक बालजी चौधरीले जानकारी दिनु भयो ।
विद्यालयका अध्यक्ष विजय कुमार चौधरीको रोहबरमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हाे । कक्षा १ देखि कक्षा ८ सम्ममा अध्ययनरत रहेका कुल ३५० जना बालबालिलाई छात्रवृत्ति वितरण गरिएकाे विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक संघका पदाधिकारी,अभिभावक र विद्यार्थीहरुकाे उपस्थितिमा उक्त छात्रवृत्ति र खाजा वितरण गरिएको हाे ।
