
Nssbus7
Csbus
syysr
Ratbs
Syees
Rbs
Gsl
Pbu
Gsbus
dsbus
gms
Amb
Ssbus
Jsbus
Bksbus5
Ddhbs

Bbu
Pvg
Wsp
Vor
Ssm
Sbs
Bbbpu
Rgu
Asm
Rgs
Tsm
Hal
nsb
Rsb
Ksm
Rgu
Sls
Gst
Ggd

Bml
Rmb
sab
Syp
Jmb
Rpp
Pls
Mks
bbt
Gsb
Ptm
Jmb
Abd
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशित गरेको छ । भक्तपुरस्थित कार्यालयमा बिहीबार बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गरेको हो ।
बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ । प्रकाशित नतिजा अनुसार २२ हजार ४७५ जना विद्यार्थीले ३.६० देखि ४ सम्म जीपीए ल्याएका छन् ।
त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ११.३६ प्रतिशत अर्थात ५५ हजार ६९ जना रहेका छन् भने २.८० देखि ३.२० जीपीए ल्याउने विद्यार्थी १४ दशमलव ९२ अर्थात ७२३६२ जना रहेका छन् । सवैभन्दा बढि २.०० देखि २.४० जीपीए ल्याउने विद्यार्थी २१ दशमलव ०९ प्रतिशत अर्थात १ लाख २ हजार २ सय ९३ जना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
त्यस्तै बोर्डका अध्यक्ष महाश्रम शर्माले यो वर्ष एसईईको नतिजा गत वर्षको भन्दा निकै सुधार भएको बताए । उनले विद्यार्थीहरुको नियमित पठनपाठन र परीक्षा प्रणालीमा भएको सुधार भएकाले नजिता राम्रो आएको उल्लेख गरे । बोर्डले एसईईको मौका परीक्षा साउनमा गर्ने तयारी गरेको जनाएको छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म देश भरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा चार लाख ८४ हजार ९ सय ३९ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
