
sbs
Djs
Sgr
Srbpu
Rgp1
Lnp
Ggp
Rgp
Pes
Unsku
pku
Gfs
Pbu
cjs

Asm
Pvg
Rgu
Gst
Sls
Sbs
Ssm
Ksm
Rgu
Tsm
Rsb
Wsp
Bbu
Rgs
Bbbpu
Ggd
nsb
Vor
Hal

Syp
sab
Rmb
Pls
bbt
Abd
Rpp
Jmb
Ptm
Gsb
Bml
Mks
Jmb
दाङ । देउखुरीको राजपुरमा किर्ते हस्ताक्षर गरि नातीलाई नागरिकता बनाइदिने ज्ञानबहादुर विश्वकर्मा र उनका श्रीमती,नाती १०/१० हजार धरौटीमा छुटेका छन् ।
बुधबार दाङ जिल्ला अदालतको इजलास नम्बर ४ का न्यायाधीश जगत बहादुर पौडेलको एकल इजलासमा थुनछेक बहस पश्चात् विश्वकर्मा र उनकि श्रीमती तथा नातीलाई दस /दस हजार धरौटीमा छाड्न आदेश भएको हो ।
त्यस्तै राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्ट र सचिव सन्तोष भण्डारी तथा ५ जना सर्जमीनहरु साबित्रा कुमारी विश्वकर्मा, गौसरी बोहरा,बुद्धिमाया घर्ती,रमेश घर्ती,मन कुमारी घर्तीलाई सामान्य तारिखमा छाडिएको छ ।
गत बैशाख २८ गते ईलाका प्रशासन कार्यालय लमहीबाट राजपुर गाउँपालिका वडा नम्बर ५ सिमल खुटीका ज्ञान बहादुर विश्वकर्माले छोरीको छोरा,नाती विवेक विश्वकर्मालाई आफ्नो छोरा भनी पाँच जना सर्जमीन मुचुल्का साथ किर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको आरोपमा पक्राउ परेका थिए । किर्ते हस्ताक्षर भएको सूचना प्राप्त हुना साथ विवेकको नागरिकता बदर गरिएको थियो ।
