
Ggp
Ksbus
Rgp
Lnp
Asbus
Ggp
Msbus
Sdc
Ksbus


दाङ । लमहीमा रहेको स्वर्णिम देउखुरी क्याम्पसमा विविएसमा अध्ययनरत विद्यार्थीहरुलाई एक दिने बैंकिङ साक्षरता सम्बन्धि अभिमुखिकरण कार्यक्रम प्रदान गरिएको छ ।
बिहीबार क्याम्पसले आफ्ना विद्यार्थीहरुलाई देशको बिग्रदो अर्थतन्त्रका बारेमा प्रशिक्षण दिएको हो । देशको वर्तमान अवस्थामा नेपालीले सामाना गर्नु परेको आर्थिक संकट र यो संकटबाट समग्र नेपाल र नेपालको अर्थतन्त्र प्रणालीलाई कसरी बचाउन सकिन्छ भन्ने बारेमा बैंकिङ साक्षरता सम्बन्धि ज्ञान प्रदान गरिएको स्वर्णिम क्याम्पसका सहायक क्याम्पस प्रमुख चिरञ्जीवी रिजालले जानकारी दिनु भयो ।
बैंकिङ साक्षरता सम्बन्धि विषय नबिल बैंक लमहीका प्रमुख उत्सब श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो। स्वर्णिम क्याम्पसको शैक्षिक वार्षिक क्यालेन्डरका बारेमा स्वर्णिम क्याम्पसका सहायक क्याम्पस प्रमुख रिजालले प्रस्तुत गर्नु भएको थियो ।
गोरखा मोडेल सेकेण्डरी स्कुलका प्राचार्य तथा स्वर्णिम क्याम्पस संचालक समितिका सदस्य लोकमान रिजालले विद्यार्थीहरुसंग अन्तरक्रिया गर्दै क्याम्पसको पन्च वर्षीय योजना प्रस्तुत गर्नु भएको थियो। जसमा स्वर्णिम देउखुरी क्याम्पसले पाँच वर्ष भित्र QAA प्राप्त गर्ने र थप कार्यक्रमको रुपमा BHM र BBM भित्र्याउने लक्ष्य राखेको छ।
त्यस्तै उक्त कार्यक्रममा एक सय बयालीस जना छात्र तथा छात्राको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन ब्यवस्थापन संकाय प्रमुख प्रकाश वलीले गर्नु भएको थियो ।दाङसमाचार 
