
gms
Ddhbs
syysr
Pbu
Amb
Ratbs
Jsbus
Gsl
Ssbus
Rbs
Nssbus7
Syees
Csbus
Gsbus
dsbus
Bksbus5

Bbbpu
Sls
Asm
Ssm
Rgu
nsb
Rgu
Hal
Bbu
Vor
Wsp
Sbs
Tsm
Ksm
Pvg
Ggd
Gst
Rsb
Rgs

Jmb
Rmb
Rpp
Mks
Pls
Gsb
Jmb
Bml
Ptm
sab
bbt
Syp
Abd
दाङ। घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित गुरुकुल एकेडेमीमा गायीका रचना रिमालको दमदार प्रस्तुतिले गुरुकुल गुन्जायमान भएको छ ।
एसइईका विद्यार्थीहरुलाई मनोरञ्जन दिने उदेश्यका साथ सोमबार एसइई साँस्कृतिक साझको आयोजना गरिएको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिनु भयो । उक्त साँस्कृतिक साँझ कार्यक्रममा गायिका रिमालसंगै हाँस्य कलाकार कमल गाउले पनि सहभागि जनाएका थिए ।
विद्यालयको प्राङ्गनमा आयोजना गरिएको बृहत एसईई साँस्कृतिक कार्यक्रममा गायिका रिमालले आफ्नो प्रस्तुती राखेकि हुन भने हाँस्य कलाकारले समाजमा भएका यथार्थ घटनालाई हाँस्य व्यंग्य मार्फत उपस्थित विद्यार्थी माझ आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा मुख्य आकर्षणको रुपमा रहेकि गायिका रिमालले फोटो फेरेममा,तिम्रो प्रिति पहिले हो कि,नबस टाढा टाढा,टन्नै पैसा कमाउला भन्थ्यौ,तिमी त पोखराको,सुनन पियारी लगायत दर्जन बढि गित गायकि थिइन भने उपस्थित विद्यार्थीहरु रचनाका गितमा हुटिङ गर्दै रमाएका थिए । त्यस्तै उक्त साँस्कृतिक कार्यक्रममा सहभागी हुनको लागि नि:शुल्क टिकटको ब्यबस्था गरिएको थियो । एसइई साँस्कृतिक साझमा गुरुकुल एकेडेमीका विद्यार्थीहरु सजना पौडेल,अर्जुन श्रेष्ठ,सुदिप डाँगि,कृतज्ञा न्यौपाने,आकृति वली,सम्भव योगि, रितेश निरौला,रनिश्चल न्यौपाने र शिक्षक विशालमान श्रेष्ठ,सुरज खाति लगायतले आ–आफ्नो प्रस्तुति राखेका थिए ।
कार्यक्रममा विद्यालयका संचालक समिति सदस्य राम चन्द्र कंडेलले गुरुकुलले प्रदान गर्ने शिक्षा बारे आफ्नो भनाई राख्नु भएको थियो । साथै उँहाले दाङ जिल्लामा फरक तरीकाबाट शैक्षिक हवको रुपमा बिकास गर्ने आफ्नो लक्ष्य रहेको बताउनु भयो । एसइई साँस्कृतिक साझँ कार्यक्रममा विद्यालयका प्लस टु संयोजक निमानन्द गैरेले गुरुकुल एकेडेमीमा कक्षा ११ मा भर्ना भई आफ्नो भविष्य सुनिश्चित गर्न अनुरोध समेत गर्नु भयो साथै उहाँले विद्यालयको शैक्षिक वातावरणको जानकारी पनि गराउनु भएको थियो ।
विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डि.सीको अध्यक्षता तथा विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतासंगै विद्यालयका संचालक समितिका सदस्य रामचन्द्र कंडेल,पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासनको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । गुरुकुल एकेडेमीका सहायक प्रधानाध्यापक मुकुन्द गिरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण ब्यबस्थापन संकायका संयोजक कृष्णदेव थापाले गर्नुभएको थियो भने कार्यक्रमको ब्यबस्थापन नेपाली विषयका शिक्षक विवेक देवकोटाले गनु भएको थियो ।
