
Djs
Rgp
Gfs
cjs
Lnp
Unsku
Srbpu
Ggp
sbs
Pbu
Rgp1
Sgr
pku
Pes

Vor
Ggd
Sls
Rsb
Rgs
Rgu
Ksm
Hal
Sbs
Bbu
Asm
nsb
Gst
Wsp
Bbbpu
Ssm
Tsm
Rgu
Pvg

Jmb
Syp
Gsb
Ptm
sab
Rpp
Abd
bbt
Rmb
Bml
Mks
Jmb
Pls
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको गुरुकुल एकेडेमीले किड्स मिनी मार्केटको उद्घाटन गरेको छ ।
विद्यालयले आफ्नो वार्षिक शैक्षिक क्यालेण्डर अनुसार शुक्रबार एक दिनका लागि मन्टेश्वरीतर्फ गुरुकुल किड्स मिनी मार्केट सञ्चालन गरेको हो । मन्टेश्वरी मिनी मार्केट उद्घाटन गर्दै विद्यालयका सह–प्रध्यानाध्यापक मुकुन्द गिरीले गुरुकुल एकेडेमीको शैशिक क्यालेण्डरमा उल्लेख भएअनुसार आज गुरुकुल किड्स मिनी मार्केट संचालन गरेको बताए ।
त्यस्तै उनले विद्यालयमा प्लेग्रुपदेखि ३ कक्षासम्म अध्ययन गर्ने बालबालिकाहरुका लागि दैनिक उपभोग्य सामान तथा खरिद बिक्रीको प्रक्रियाको बारेमा जानकारी दिने उद्धेश्यका साथ मार्केट संचालन गरेको स्पष्ट पारे । यसले विद्यार्थीको आफ्नो इच्छा अनुसारको सामान किन्न सिक्ने क्षमताको विकास गर्ने र आफूलाई दैनिक रुपमा आवश्यक पर्ने सामानहरुको बारेमा जानकारी लिने विद्यालयका सह–प्रध्यानाध्यापक गिरीको भनाइ थियो ।
यस्तै उक्त मार्केटमा शिक्षकहरु पसलेको रुपमा बसेका थिए भने विद्यार्थीहरु ग्राहकको रुपमा रहेर आफ्नो इच्छा अनुसारका सामानहरु किनमेल गरेका थिए । विद्यालयमा हरेक शुक्रबार विद्यार्थीहरुका लागि फरक–फरक शैक्षिक क्रियाकलापहरु भइरहने भएतापनि थप यस्ता क्रियाकलापले विद्यार्थीलाई सिर्जनशील बनाउने र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने विद्यालयले जनाएको छ ।
मार्केटमा फलफूल,स्टेशनरीका सामान,मन्टेश्वरी, आइसक्रिम,पानीपुरी,चटपटे,कस्मेटिकका सामान लगायत दैनिक जीवनमा उपभोग हुने सामानहरु राखिएको थियो । मन्टेश्वरी संयोजक लोचना पौडेलको व्यवस्थापनमा मन्टेश्वरी टिमका शिशिकाहरु मार्केट संचलानमा ल्याइएका थिए ।
