
Unsku
Lnp
Rgp1
Pbu
pku
Rgp
Srbpu
Sgr
Ggp

Sls
Rgu
Gst
Rgs
Wsp
Sbs
Bbbpu
Ggd
Rsb
Pvg
Rgu
Bbu
Ssm
Asm
Tsm
Vor
Hal
Ksm
nsb

Abd
Pls
Jmb
Gsb
bbt
Mks
Rpp
Syp
sab
Bml
Jmb
Rmb
Ptm
दाङ । देउखुरी उद्योग वाणिज्य संघ लमहीले घर भाडाका बारेमा घरधनी र व्यवसायी बीच अन्तरक्रिया गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा उपस्थित व्यवसायीले घरधनी र व्यवसायीविच घरभाडाको विषयमा स्थानीय सरकारले चासो लिएर छलफलका माध्यमबाट समस्या हल गर्दिनु पर्ने बताएका छन् ।
लमही नगरपालिका ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले व्यवसायी धरासायी हुँदै गएको बेला वाणिज्य संघले यस्तो खालको कार्यक्रम गर्नु राम्रो पक्ष भएको बताउदै व्यवसायी र घरधनीलाई मार नहुने गरि भाडा छुट गराउन सके दुबै पक्षलाई फाइदा हुने बताउनु भयो ।
आइतबार आज सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा सोचे भन्दा कम व्यवसायी र घरधनी उपस्थित भएको भन्दै अर्को शनिबारसम्म यो विषयमा व्यापक रुपमा छलफल गर्नु पर्ने वडा अध्यक्ष सुवेदीको भनाई छ ।
देउखुरी उद्योग वाणिज्य संघ खगेश्वर खनालले लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीलाई कार्यक्रमको मुख्य वक्ताका रुपमा आमन्त्रण गरेका थियौं, उहाँ आउनु भएन,अब आगामी शनिबारसम्म पुनः नगरपालिकालाई रोहबरमा राखेर घरधनी र व्यवसायीलाई बोलाई व्यापक छलफल गर्ने निर्णय गरेका छौँ’खनालले भन्नू भयो ।
त्यस्तै संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षता तथा लमही नगरपालिका ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीको विशिष्ट आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण उद्योग उपाध्यक्ष केशवराज पोख्रेलले गर्नु भएको थियो ।
