
Pes
Djs
Gfs
Srbpu
pku
Unsku
Rgp
Ggp
Lnp
Rgp1
Sgr
cjs
Pbu
sbs

Wsp
Hal
Sbs
Ssm
Tsm
Gst
Ksm
Pvg
Asm
Rgu
Bbbpu
Rgs
Rgu
Sls
Vor
Bbu
nsb
Rsb
Ggd

Pls
Rmb
Jmb
bbt
Bml
sab
Abd
Jmb
Mks
Syp
Ptm
Rpp
Gsb
दाङ । नेकपा एकीकृत समाजवादी दाङको पार्टी पुनर्गठन भएको छ । एकीकृत समाजवादीको घोराहीमा शुक्रबार भएको विशेष जिल्ला भेलाले भूपबहादुर केसीको अध्यक्षतामा १ सय ७१ जना जिल्ला कार्यसमिति चयन गरेको हो ।
त्यस्तै पुनर्गठित एकीकृत समाजवादी दाङको उपाध्यक्षमा डिल्लीबहादुर पुन मगर,गणेश कुमार चौधरी र बिष्णु गुरुङ,सचिवमा जानका रेग्मी, उपसचिवमा डिलबहादुर पुन मगर,सुर्य बिसी र प्रेम बुढा मगर रहेका छन् । भेलाले कार्यालय सचिवमा गजेन्द्र सिंह खड्कालाई चयन गरेको छ ।
यसैगरी उक्त भेलाले जिल्लाका एक सय वडाबाट प्रतिनिधित्व गर्नेगरी एक-एक जना,प्रत्येक निर्वाचन क्षेत्र,जनवर्गीय संगठनबाट एक-एक जनालाई जिल्ला कमिटी सदस्य बनाउने निर्णय गरेको नव गठित पार्टीका जिल्ला अध्यक्ष भूपबहादुर केसीले जानकारी दिए ।
त्यस्तै सो विशेष जिल्ला भेलाले पार्टीको हितविपरित गतिविधिमा संलग्न भएको र स्पष्टिकरण माग गर्दा नदिएकाले एकीकृत समाजवादी दाङका जिल्ला अध्यक्ष सुरामणि बेल्वासे,उपाध्यक्ष शोभा शाह र सचिव डिल्ली डाँगीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको छ । बेल्वासेले यस अघि आफू जिल्ला अध्यक्ष हुँदा पार्टी भित्रका धेरै नेता तथा कार्यकर्तालाई कारबाही गरेका थिए ।
उक्त विशेष जिल्ला भेलालाई नेकपा एकीकृत समाजवादीका पोलिट व्युरो सदस्य तथा निवर्तमान सहरी विकास मन्त्री मेटमणि चौधरी,एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डे लगायतले सम्बोधन गएका थिए ।
