
Ggp
Ksbus
Lnp
Asbus
Msbus
Ggp
Rgp
Ksbus
Sdc


दाङ । प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री मेटमणी चौधरीले देउखुरीलाई शैक्षिक क्षेत्रमा अब्बल रुपमा विकास गरिने बताएका छन् ।
सोही अनुरुप बिशिष्टकृत रूपमा कामहरु अघि बढेको उनले बताए । देउखुरी बहुमुखी क्याम्पसको १८ औं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेसन सत्रलाई उद्घाटन गर्दै चौधरीले देउखुरी बहुमुखी क्याम्पसलाई बहुउद्देश्यीय क्याम्पसको रुपमा पनि विकास गरिनुपर्ने बताए ।
‘लमहीको बहुमुखी क्याम्पसलाई बहुउद्देश्यीय क्याम्पसको रुपमा,गढवा र लालमटीयामा रहेको क्याम्पसलाई फरक फरक बिषयको अध्ययन गर्ने क्याम्पसको रुपमा अघि बढाउनुपर्ने छ’उनले भने,‘शैक्षिक विकास विना समृद्धि हाँसील गर्न सकिदैन । त्यसैले हामी शिक्षा क्षेत्रलाई प्राथमितामा राखेर काम गर्दैछौ ।’
क्याम्पसका अध्यक्ष गाणेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य शुसीला चौधरी,लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, संस्थापक नगर प्रमुख तथा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य कुलबहादुर केसी, नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी मधु न्यौपाने,नेकपा माओवादी केन्द्रका बसन्तराज शर्मा, राष्ट्रिय जनमोर्चाका ताराप्रसाद खनाल,राष्ट्रिय स्वतन्त्र पार्टीका डिल्लीराज खनाल,राप्रपाका हिरालाल खड्का,पत्रकार केपी घिमिरे, सहायक क्याम्पस प्रमुख खोपेन्द्र ज्ञवाली,स्ववियू सभापती भरत भुसाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
क्याम्पस प्रमुख शिव ओलीले क्याम्पसको शैक्षिक प्रगती र भावी योजना प्रस्तुत गरेका थिए । क्याम्पसका संस्थापक सदस्य, बिशिष्ट सदस्य, आजीवन सदस्यलाई सम्मान गरिनुका साथै उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष शेषमणी गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख भेषराज पोख्रेल र कर्मचारी गोमा कँवरले गरेका थिए ।
