
Nssbus7
dsbus
gms
Ratbs
Rbs
Pbu
Bksbus5
Gsbus
Ddhbs
syysr
Amb
Syees
Jsbus
Csbus
Ssbus
Gsl

Ggd
Rsb
nsb
Bbbpu
Rgu
Vor
Hal
Bbu
Tsm
Sls
Wsp
Ksm
Ssm
Pvg
Rgs
Asm
Rgu
Sbs
Gst

Ptm
sab
Bml
Pls
bbt
Jmb
Gsb
Jmb
Mks
Abd
Rpp
Rmb
Syp
दाङ। जनज्योति माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया स्थित विक्रम संवत २०१९ सालमा स्थपना भएको जनज्योति माध्यमिक विद्यालयको हलमा शुक्रबार बार्षिक अभिभावक भेला सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज गिरीको सभाध्यक्षतामा तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख अतिथि र राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपतिदेवी यादवको विशिष्ट अतिथिमा र वडा नम्बर २ का वडा अध्यक्ष ओप्रकाश यादव,जनज्योति माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष गिरी राज बस्नेत लगायतका अतिथिहरुको आतिथ्यमा अभिभावक भेला सम्पन्न भएको थियोे ।
भेलाको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले गुणस्तरीय शिक्षाको लागि विद्यालयको समग्र विकासमा अभिभावकको अहम भूमिका हुने भएकोले विद्यालय प्रती चासो दिन अभिभावकलाई आग्रह गर्नुभयो । विद्यालय निर्माणमा शिक्षक,विद्यार्थी,विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ तथा प्र.अ. को मात्र जिम्मेवारी नभएर अभिभावकको बढी भूमिका हुनुपर्ने बताउनु भयो। शिक्षा क्षेत्रमा पालिकले पुर्ण जिम्मेवारी लिएको जानकारी गराउँदै सबै अभिभावक,शिक्षक,विद्यार्थीहरुलाई कम्मर कस्न आग्रह गर्नुभयो।
यस्तै अभिभावक भेलाका विशिष्ट अतिथि तथा गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले हामीले नि:शुल्क शिक्षा लागू गर्ने, नि:शुल्क कोचिङको व्यवस्था गर्ने,अरु क्षेत्रकाे बजेट कटौती गरेर शिक्षा क्षेत्रमा खनाउने तर अभिभावकले आफ्नो जिम्मेवारी पूरा नगरेपछि कुनै अर्थ नहुने बताउनुभयो। अभिभावकहरुलाई आ-आफ्नो बच्चा प्रति जिम्मेवार बन्न सुझाउनु भयो।
त्यस्तै भेलाको सभाध्यक्षतामा आसन ग्रहण गर्नुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज गिरीले विद्यालयको विकासका लागि शिक्षक-अभिभावक नै सचेत र जागरूक हुनुपर्ने बताउनुभयो। बालबालिकाको भविष्य निर्माण गर्ने जिम्मेवारी शिक्षक र अभिभावकको हातमा रहेको भन्दै सबैले सजक र जिम्मेवार हुन आवश्यक रहेको औल्याउनु भयो ।
विद्यालयमा त्रिपक्षीय सम्बन्ध राम्रो नभए विद्यालयले प्रगति गर्न सक्दैन गिरीले भन्नूभयो । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध राम्रो हुनुपर्दछ । सामुदायिक विद्यालयमा अभिभावकको चासो नहुनुले बालबालिकाको शैक्षिक विकासमा समस्या हुने गरेको उहाँले बताउनुभयो।
यस्तै सोही विद्यालयका प्रधानाध्यापक केशवराम यादवले विद्यालयका आ-आफ्नै समस्या छन् तर, बोर्डिङ स्कुलमा अभिभावकले चासो राख्नु सरकारी विद्यालयमा चासो नराख्नुले बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउन गार्हो भएको अनुभव आफुले लिएको बताउनुभयो। भेलामा उहाँले विद्यालयककाे गतिविधि,योजना सम्बन्धि सबै जानकारी राख्नु भएको थियो । यस्तै विद्यालका लेखा शिक्षिका सृजना खड्काले विद्यालयकाे आर्थिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो।
उक्त बार्षिक अभिभावक भेलाबाट शिक्षक अभिभावक संघका समिति र विद्यालय अनुगमन समिति समेत चयन भएको छ।भेलामा अभिभावक संघका समिति,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभाव,विद्यार्थी लगायतको सरोकारवलाहरुको उपस्थिति रहेकोे थियो। कार्यक्रम संचालन विद्यालयका शिक्षिका पुजा पौडेल शर्मालेले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षक मिन बहादुर चौधरीले राख्नुभएको थियो।
