
Nssbus7
Rbs
Bksbus5
Ratbs
Pbu
Csbus
gms
Amb
Ssbus
Syees
Jsbus
dsbus
Gsbus
Ddhbs
syysr
Gsl

Rgu
Sls
Ksm
Bbu
Vor
Tsm
Rgs
Sbs
Rsb
Rgu
Hal
Asm
Pvg
Ssm
Ggd
Wsp
Bbbpu
Gst
nsb

sab
Rmb
Pls
Syp
Bml
Jmb
Ptm
Mks
Gsb
Jmb
Abd
Rpp
bbt
एजेन्सी । पुर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् । उनलाई न्युयोर्कको एक अदालतले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको छ । एक म्यागेजिनकी लेखिका ई। जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
त्यस्तै उनले आफ्नो मानहानी समेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन् । सोही मुद्दामा ट्रम्पलाई अदालतले दोषी ठहर्याएको बीबीसीले जनाएको छ । अदालतको यो फैसलाले आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा झड्का लागेको छ । अदालतको फैसलापछि ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको बताएका छन् ।
यसैगरी उनले ती महिलालाई आफूले नचिन्ने समेत उल्लेख गरेका छन् । पूर्वराष्ट्रपति ट्रम्पका प्रवक्ताले जारी गरेको बयानमा ट्रम्प विरुद्धको अभियान अन्तर्गत अदालतको यो फैसला आएको भन्दै यो राजनीतिबाट प्रेरित भएको टिप्पणी समेत गरिएको छ । यो फैसलाविरुद्ध अपिल गर्ने ट्रम्पको योजना रहेको बीबीसीले जनाएको छ ।
