
Unsku
Gfs
Djs
sbs
Ggp
Rgp
Sgr
cjs
Pbu
Srbpu
Pes
Lnp
pku
Rgp1

nsb
Hal
Ksm
Rgs
Wsp
Gst
Rsb
Bbbpu
Bbu
Tsm
Vor
Sbs
Ggd
Rgu
Asm
Sls
Ssm
Rgu
Pvg

Bml
Jmb
Rmb
Gsb
Syp
Rpp
Mks
sab
Pls
Ptm
Abd
Jmb
bbt
दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता डिल्ली बहादुर चौधरी नियुक्त भएका छन्।
संविधानको धारा १६८ उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
चैत १२ गते समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेर विस्वासको मत पाउन नसकेपछि बैशाख ११ गते यसअघिका मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकार ढलेको थियो । हाल मुख्यमन्त्री नियुक्त भएका चौधरीले नेपाली कांग्रेसका २७, नेकपा माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा, लोसपा, जनमत पार्टिका ३/३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीका १/१, जना गरी ५३ जना प्रदेशसभा सदस्यहरुले समर्थन गरेका थिए । लुम्बिनी प्रदेश सभा कूल ८७ सदस्यीय रहेको छ।
मुख्यमन्त्री नियुक्त भएका चौधरीलाई भोली १५ गते सपथ खुवाउने तयारी प्रदेश प्रमुख कार्यालयले गरेको छ । दाङ क्षेत्र नम्बर ३ (क) बाट गत मंसिरको प्रदेश सभा निर्वाचन जितेका चौधरी यसअघिको लुम्बिनी प्रदेशसभामा पनि मन्त्री बनेका थिए भने २०७० सालमा प्रतिनिधिसभामा निर्वाचित भएर राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । गैरसरकारी संस्थामा क्रियाशील हुँदै राजनीतिमा लागेका मुख्यमन्त्री चौधरी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रुपमा चिनिन्छन् ।
