
cjs
sbs
Rgp1
Pbu
Lnp
Unsku
Srbpu
Ggp
Rgp
Djs
Sgr
pku
Gfs
Pes

Tsm
Rgu
Ggd
Rsb
Rgu
Sbs
Hal
Ssm
Bbbpu
Asm
Gst
Pvg
Rgs
Wsp
nsb
Vor
Ksm
Bbu
Sls

bbt
Ptm
Gsb
Bml
Syp
Abd
sab
Rpp
Pls
Jmb
Jmb
Mks
Rmb
रुस । सार्वभौम सम्पत्ति कोषसम्बन्धी निकाय रसियन डिरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडीआईएफ) र औषधी वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा कोरोना विरुद्धको २ करोड ५० लाख भायल भ्याक्सिन भित्र्याउने सहमति भएको छ ।
मंगलबार दुई पक्षबीच नेपालमा कोरोना विरुद्धको ‘स्पुट्निक-भी’ भ्याक्सिन भित्र्याउनेबारे सहमति भएको आरडिआईएफद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
आरडीआईएफका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरील दिमित्रिभ र ट्रिनिटी फर्मास्युटीकल्सका निर्देशक किशोर अधिकारीबीच नेपालमा उक्त भ्याक्सिज भित्र्याउने बारे १३ असोजमा सहमति भएको हो । उक्त सहमतिपछि ट्रिनिटीका निर्देशक अधिकारीले आफूहरू यो भ्याक्सिनको अन्तिम क्लिनिकल ट्रायलको नतिजाको पर्खाइमा रहेको बताएका छन्।
उनले नेपाल सरकारबाट स्वीकृति पाउनेबित्तिकै भ्याक्सिनलाई नेपालमा उपलब्ध गराउने बताए। उक्त सहमति अनुसार नेपाल भित्र्याइने रसियन भ्याक्सिनबाट यहाँको ९० प्रतिशत जनसंख्याले भ्याक्सिन लिन सक्नेछन् । मुलुकका विभिन्न क्लिनिकहरूमार्फत सुरक्षित र प्रभावकारि ढंगबाट उक्त भ्याक्सिनको प्रयोग गरिने मंगलबार दुई पक्षबीच भएको सहमतिमा उल्लेख छ।
प्रेस विज्ञप्तीमार्फत नेपाल भित्र्याउन लागिएको ‘स्पुट्निक-भी’ भ्याक्सिनको क्लिनिकल ट्रायलबाट यसले मानिसको स्वास्थ्यमा कुनै गम्भीर र प्रतिकुल समस्या नदेखाएको दाबी गरिएको छ।
क्लिनिकल ट्रायलमा सहभागी भएका सबै जनामा यो भ्याक्सिनले प्रतिरक्षा शक्ति उत्पन्न गराएको जनाइएको छ। रुसको गमालिया नेसनल रिसर्च इन्स्टीच्यूट अफ इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीले गएको ११ अगष्टमा स्पुट्निक-भी नामक यो भ्याक्सिन विकास गरेको थियो, जसलाई पछि त्यहाँको स्वास्थ्य मन्त्रालयले समेत दर्ता गरेको थियो।
गएको ४ सेप्टेम्बरमा यो भ्याक्सिनको पहिलो र दोस्रो चरणको क्लिनिकल ट्रायलबाट निकालिएको नतिजालाई ल्यानसेट जर्नलबाट प्रकाशित गरिएको थियो । ल्यानसेटमा प्रकाशित उक्त अनुसन्धान प्रतिवेदनले क्लिनिकल ट्रायलमा सहभागी सबै जनामा कुनै गम्भीर प्रतिकुल प्रभाव देखाएको थिएन भने, सहभागीहरूमा स्थिर प्रतिरक्षा देखाएको थियो ।‘स्पुट्निक-भी’ भ्याक्सिनलाई दर्ता गर्नुपूर्व ४० हजार जना व्यक्ति सहभागी गराएर क्लिनिकल ट्रायल चलिरहेको छ। यो ट्रायलको पहिलो नतिजा आउने अक्टोबरसम्ममा प्रकाशित हुने अपेक्षा गरिएको छ।
सरकारी निकाय बेखबर
कुनै नयाँ भ्याक्सिन तथा औषधी नेपाल भित्र्याउनुअघि औषधी व्यवस्था विभागको अनुमति लिनुपर्छ। औषधी व्यवस्था विभागका निर्देशक नारायण ढकालले नेपाली औषधी वितरक कम्पनिले रुसबाट कोरोना विरुद्धको भ्याक्सिन ल्याउन लागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताए ।
त्यसो त विभागको आयातकर्ताहरूको सूचीमा ट्रिनिटी दर्ता भएको छैन। विभागमा सूचीकृत आयातकर्ताहरूले नेपालमा भ्याक्सिन लगायतका औषधी आयात गर्न पाउँछन्।
यता स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले रुसबाट भ्याक्सिन ल्याउन लागेको बारेमा आफूहरूलाई कुनै औपचारिक जानकारी नभएको बताए।
