
ksbus
Amb
Sdc


धनीमानीसँग बिहे गर्ने चलन नायिकाहरूका लागि नयाँ होइन। यही चलन पछ्याउँदै नायिका आँचल शर्माले पनि चितवनका जमिन्दार उदीप श्रेष्ठसँग धूमधाम बिहे गरिन्।पेसाले चिकित्सकसमेत रहेका उदीपकी दोस्रो पत्नी बनेकी आँचलको चर्चा बिहेभन्दा पछि झनै चुलिएको छ।अरूले जस्तै उनले पनि आफ्ना सहकर्मी, पत्रकारलगायतलाई हेलिकोप्टर चार्टड गरेर, उदीपसँग मस्कँदै पार्टी भेन्यु पुगेकी आँचल देखेर उपस्थितको नजर इर्ष्यालु बनिरहेको थियो। त्यस्तैमा उनले लगाएको लेहेंगामा सबैको आँखा गयो।आज प्रकाशित शुक्रबार साप्ताहिक लेख्छ- उनलाई निकै सुहाएको उक्त लेहेंगाको मूल्यको हिसाबकिताब पनि भयो- १६ लाख। त्यति मात्रै होइन, बिहेभर गहना गनेर बसेकाहरूले अन्त्यमा नजिता सुनाए- ६० लाखको त गहना मात्रै छ!
