
Ggp
Pbu
Lnp
Unsku
Rgp
Srbpu
Sgr
pku
Rgp1

Vor
Ssm
Wsp
Ksm
Tsm
Pvg
Bbu
Gst
Rsb
Rgs
Sls
nsb
Bbbpu
Ggd
Sbs
Hal
Rgu
Asm
Rgu

bbt
Jmb
Abd
Rmb
Ptm
Jmb
Gsb
Bml
sab
Rpp
Pls
Mks
Syp
दाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय वन महासंघ गढवा दोस्रो साधारण सभा तथा अधिवेशन गढवा-३ गोबरडियामा बिहिवार सम्पन्न भएको छ ।
गढवा स्थानीय वन महासंघका अध्यक्ष नवराज शर्माको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा केन्द्रीय वन महासंघकी सदस्य सावित्रा रानको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो । समावेशी, शुसाशन र समृद्धिका लागि सामुदायिक वन भन्ने मुल नाराका साथ गढवा स्थानीय वन महासंघले दोस्रो साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको हो।
त्यस्तै साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले वन संरक्षणमा स्थानीय उपभोक्ता समुहहरुको सक्रियता अहम भएको बताउनुभयो। पहिले भन्दा वर्तमान समयमा वन संरक्षण जटिल्ता आएको बताउदै सामुदायिक वन संरक्षणको लागि सक्रिय रुपमा लाग्न सामुदायिक वन उपभोक्ता समुह, वन महासंघ आवश्यक रहेको बताउनु भयो।
यस्तै वन जन्य पैदावर सदुपयोग र संरक्षणका लागि उपभोक्ता समूह र स्थानिय र वन महासंघको समन्वय जरुरी रहेको बताउनुभयो। विगतमा स्थानीय सरकार र वन महासंघ संग समन्वय कमी भएको जन गुनासो अनुरुप आफु कार्यभार समाले देखी वन महासंघ संग निरन्तर समन्वय गरीरहेको बताउदै अधिकासं सामुदायिक वन उपभोक्ता समूह नियम् संगत अगाडी नबढेको कारण केही ठाउँमा वन संरक्षणको लागि जटिल्ता पैदा भएको बताउनु भयो। सामुदायिक वन उपभोक्ता समूह, वन महासंघ र पालिका समन्वय गरेर एक वन एक उत्पादनमुखी कार्यक्रमको अवधारणा अवलम्बन गरे आर्थिक समृद्धीको लागि पालिकाले हर सम्भव सहयोग गर्ने बताउनु भयो।
त्यसैगरी कार्यक्रमकी बिशिस्ट अतिथी तथा केन्द्रीय वन महासंघकी सदस्य सावित्रा रानले नेपालको वन हरियो धनले नेपाल बिश्व प्रख्यात भएको बताउनु भयो। हामी आफ्नो बाल बच्चा लाई रेख देख गरेजस्तै वन लाई पनि रेखदेख गर्न आवश्यक रहेको बताउनु भयो। वन संरक्षणमा महिलाहरुको भुमिका महत्वपूर्ण भएको बताउदै कठिन परिस्थितिमा पनि महिलाहरुले वन संरक्षणमा अहोरात्र खटेको बताउदै वन जोगाउन उपभोक्ता समूह र वन महासंघ सबै मिलेर निरन्तर लागे अवश्य सफल हुने बताउनु भयो । साथै सामुदायिक वन र वन क्षेत्रमा रही उल्लेखनीय सहयोग गरेको भन्दै संघले गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, गोबरडिया सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शिव कुमार यादव,सव वन डिभिजन कार्यालय गढवाका प्रमुख ओम ओली, वन तथा वातावरण समन्वय समिति गढवाका अध्यक्ष उमाकन्त पन्त र नागरिक समाज गढवाका सह संयोजक खगेश्वर शर्मालाई सम्मान समेत गरिएको थियो।
त्यस्तै, विशेष अतिथिको रूपमा सामुदायिक वन महासंघकी सचिव जानका केसी, कोषाध्यक्ष कमलराज पोख्रेल, लेखा समिति संयोजक खिमा अधिकारी, सदस्य हरी भुसाल, गढवा सव वन डिभिजन कार्यालय गढवाका प्रमुख ओम ओली, वन तथा वातावरण समन्वय समितिका अध्यक्ष उमाकन्त पन्त, नागरिक समाज गढवाका सह संयोजक खगेश्वर शर्मा, हेमन्ती नेपाल दाङ जिल्ला उपाध्यक्ष सकुन्तला डिसी लगायतकाले शुभकामना मन्तव्य दिनु भएको थियो। साथै सम्पन्न दोस्रो अधिवेशनले नवराज शर्माको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ। जस्को उपाध्यक्षमा दिल कुमारी चौधरी, सचिवमा चनचला चौधरी, कोषाध्यक्षमा गेहेन्द्र यादव र अन्य ९ जना सदस्यहरु लाई सर्वसम्मत रुपले चयन गरेको छ ।
तथा गढवा स्थानीय वन महासंघले दोस्रो अधिवेशनबाट जिल्ला प्रतिनिधि,प्रदेश प्रतिनिधि र यम बहादुर बस्नेतको संयोजकत्वमा दुई सदस्यीय लेखा तथा अनुगमन समिति गठन गरेको छ भने रेखा थापाको संयोजकत्वमा एक सदस्यीय रहने गरी न्यायिक समिति समेत गठन गरेको छ । स्थानीय बन महासंघका कोषाध्यक्ष मोहनलाल चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण स्थानीय बन महासंघका सचिव चनचला चौधरीले गर्नु भएको थियो ।

