
pku
Lnp
Srbpu
Sgr
Ggp
Pes
Rgp
Gfs
cjs
Ses
Pbu
Djs
Unsku
Rgp1

Ksm
Gst
Rgs
Tsm
Rgu
Wsp
Asm
Bbu
Sls
Bbbpu
Ssm
Rsb
Hal
Vor
nsb
Sbs
Pvg
Rgu
Ggd

bbt
Bml
sab
Syp
Pls
Rmb
Abd
Rpp
Gsb
Jmb
Mks
Ptm
Jmb
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका ८ जना प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।आइतबार राति सार्वजनिक रिपोर्ट अनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापासहित ८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले संक्रमित प्रहरीहरुलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको छ ।‘उहाँहरुलाई केही समस्या छैन, हाम्रै आइसोलेसनमा बस्नु भएको छ’–एसपी गुरुङले भने ।
कोरोना संक्रमण देखिएका डिएसपी थापाले आफूलाई ज्वरो र खोकी लागे पनि अन्य प्रहरीमा लक्षण नदेखिएको बताए । उनले नारायणी अनलाइनसंग भने–‘मलाई हल्का रुघा खोकी, ज्वरो आएको थियो, परीक्षण गराउँदा पोजिटिभ देखियो, अहिले सामान्य छु ।’यसअघि वडा प्रहरी कार्यालय नारायणगढका २६ जना प्रहरीमा संक्रमण देखिएको थियो ।
