
syysr
Ssbus
Csbus
Bksbus5
dsbus
Nssbus7
Amb
gms
Pbu
Syees
Gsbus
Jsbus
Rbs
Ratbs
Gsl
Ddhbs

Ssm
Hal
Vor
Tsm
Wsp
Rgu
Bbu
Bbbpu
Ksm
Pvg
Ggd
Rsb
Sbs
Rgs
nsb
Gst
Asm
Rgu
Sls

Gsb
Pls
Jmb
Jmb
bbt
Rmb
Abd
Ptm
Mks
Rpp
Syp
sab
Bml
दाङ । मापद्वण्ड पालना नगरी कोचाकोच यात्रु बोक्ने सवारी साधनलाई लमही प्रहरीले कारबाही गर्न थालेको छ ।
देउखुरी उद्योग बाणिज्य संघको नेतृत्वमा वडा प्रहरी कार्यालय,ट्राफिक प्रहरी लमही र स्थानियको सहयोगमा जनचेतना जँगाउदै अनुगमन थालिएको हो । मापद्वण्ड पालना नगरी अत्यधिक यात्रु बोकेको भन्दै आईतबार दर्जन बढी सवारी साधानलाई कारबाही गरिएको ट्राफिक प्रहरी लमहीका ईन्चार्ज सुदिप हमालले बताए ।
स्वास्थ्यको ख्याल नै नगरी गाडीमा यसरी कोचाकोच यात्रु सवार गर्नुमा सर्बसाधारण पनि उत्तिकै दोषी रहेको हमालले बताए । “हामीले गाडी रोक्दै अनुगमन गर्यौ, अधिकांस गाडीमा सिट भन्दा बढी यात्रु देखिए ईन्चार्ज हमालले भने-सुबिधा बिहिन भाडा असुलेको पाईयो ।”
स्वास्थ्यलाई ख्याल नगरी पैशा नै कमाउने नियतले मापद्वण्ड बिपरित सवारीका साधान चलाउने गरेको हुन सक्ने हमालले आरोप लगाए ।
लमहीबाट घोराही,रिहार,राजपुर,गढवा, भालुबाङको रुटमा चल्ने छोटो दुरीका गाडीले कोचाकोच यात्रु बोक्दा कोरोना भाईरसको खतरा बढेको एक यात्रुले बताए । लामो दुरीका सवारी साधानलमा भने यात्रुकै अभाबले मापद्वण्ड पालना गरेको पाईएको छ । यात्रुको स्वास्थ्यलाई मध्यनजर गरि सरकारले यातायात ब्यबसायीलाई पचास प्रतिसत बढी भाडा लिने अनुमती दिएको छ । मापद्वण्ड पालना गर्दै यात्रुको सामाजिक दुरी कायम गर्नका लागि बढि भाडा लिने भनिएको हो । तर, यातायात ब्यबसायीले यात्रुको मर्का नबुझी खचाखच यात्रु बोक्दै बढी भाडा असुल्ने गरेको पाईएको हो ।
यातायात ब्यबसायीलाई बारम्बार सम्झाएपनी अटेरी गर्ने गरेको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठ प्राय टोली सहित अनुगमनमा निस्कन्छन् । हरेक समयमा यातायात ब्यबसायीले मनोमानी गरेको उनको बुझाई छ । सरकारले गाडीमा स्यानिटाईजर, मास्क सहित समाजिक दुरी कायम गर्दै यात्रा गर्नुपर्ने मापद्वण्ड लिएको छ । तर, छोटा दुरीका सवारी साधानले मापद्वण्डको धज्जी उडाउँदै यात्रु बोक्ने गरेको पाईएको हो ।
सिँगल सिटमा बस्छु भन्दापनी सवारी स्टापले जवरजस्ती यात्रु भर्ने गरेको एक यात्रुले भनिन् । राजपुरबाट आउँदा एक्लै बस्छु भन्दा स्टापले मान्नु भएन,म सँगै अर्को एकजना बस्नुभयो उनले भनिन् यसरी त महामारी फइलिन सक्छ ।
