
Unsku
Pbu
cjs
Pes
Sgr
Ses
Srbpu
Rgp1
Gfs
Djs
Rgp
Ggp
Lnp
pku

Bbu
Ggd
Rgu
Rsb
Bbbpu
Asm
Ssm
nsb
Pvg
Tsm
Gst
Vor
Ksm
Wsp
Hal
Sls
Sbs
Rgu
Rgs

Jmb
Ptm
Abd
bbt
Rmb
Jmb
Rpp
sab
Gsb
Mks
Bml
Syp
Pls
दाङ । लमही नगरपालिका वडा नम्बर ३ स्थित रहेको लुम्बिनी प्रदेश कै चर्चित पर्यटकीय स्थलकाे रुपमा चिरपरिचित धार्मिक तथा पर्यटकीय स्थल जखेराताल फेदीदेखि उत्तरतर्फचुरे पहाडसम्मकाे ७ सय मिटर पदमार्ग तथा भगवान गाैत्तम बुद्धकाे मुर्ति निर्माणकार्य सुरु भएको छ ।
यहीँ चैत्र २ गतेदेखि निर्माण कार्य सुरु भएको हाे ।लुम्बिनी प्रदेश पर्यटन मन्त्रालयकाे कुल पचास लाखकाे लगानीमा निर्माण कार्य सुरु भएको हाे । जसकाे हालसम्म ३५ प्रतिसत निर्माणकार्य पूरा भएको जखेरा शिवालय धार्मिक तथा पर्यटन विकास संरक्षण प्रतिष्ठानका महासचिव लाेकमणि बन्जाडेले जानकारी दिनु भएको छ ।
त्यस्तै उहाँका अनुसार पर्यटकहरु पदमार्गकाे आनन्द संगसंगै तालमा पर्यटकहरुका लागि आकर्षण गर्ने मुख्य उदेश्यले यस्ताे कार्य गरिएकाे उहाँले बताउनु भयाे । कुल तीन किलोमिटर पदमार्ग निर्माण कार्य गरिने गुरुयोजना अन्तरगत हाल यस वर्ष जम्मा सात सय मिटर मात्रै निर्माण गरिने भएको उहाँले जानकारी दिनु भयाे ।
पदमार्ग र मुर्ति स्थापना यहीँ असार मसान्तसम्म पूरा गरिने भएको बताएको छ । त्यस्तै जखेरा ताल परिसरमा पनि विकासले गतिलिएकाे छ । हाल तालमा रहेको पानी सुकाउने कार्य सुरु भइसकेको महासचिव बन्जाडेले बताउनु भयो । त्यस्तै तालकाे सफाइ गराउने,टिकट काउन्टर निर्माण, आधुनिक साैचालय निर्माण,वरिपरि वाल निर्माण, पिकनिक स्थल निर्माण लगायतका अन्य कार्यपूरा गरिने बताइएको छ । जसको सघन शहरी तथा भबन डिभिजन कार्यालय घाेराही दाङको टेन्डरमा नेपाल सरकार शहरी बिकाश मन्त्रालय मार्फत कुल पाँच कराेडकाे लगानीमा निर्माण कार्य सुरु भएको हाे । २०८० चैत्र मसान्तसम्म निर्माणकार्य पूरा हुने समितिले बताएको छ ।
