
Ses
Unsku
Pes
pku
cjs
Lnp
Gfs
Sgr
Ggp
Djs
Rgp1
Pbu
Srbpu
Rgp

Rsb
Sbs
Rgu
Bbbpu
Rgu
Gst
Hal
Pvg
Bbu
Ggd
nsb
Tsm
Sls
Ksm
Ssm
Rgs
Asm
Vor
Wsp

Rpp
Pls
Jmb
Gsb
Syp
Bml
Ptm
sab
Rmb
Mks
Abd
Jmb
bbt
दाङ । देउखुरीको लमहीमा संचालन रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलले शुक्रबार पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
देउखुरी क्षेत्रमा क्रियाशिल रहेका पत्रकारहरुलाई विद्यालयमा डाकेर विद्यालयले हालसम्म शिक्षामा गरेको उपलब्धि र आगामी दिनमा गरिने कार्ययोजना बारेमा छलफल गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुसंगको कुराकानीमा विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले देउखुरीमा गोरखा स्कुल स्थापना भएपछि यस क्षेत्रमा शिक्षाको हवको रुपमा विकसित भएको बताउनु भयो । देउखुरी क्षेत्रमा गोरखा स्कुल स्थापना भएसंगै समग्र देउखुरी क्षेत्रको शिक्षामा धेरै सुधार भएको दाबि गर्नु भयो ।
त्यस्तै उहाँले देउखुरी क्षेत्रलाई शिक्षाको हव बनाउनका लागि सबैको सहयोग अपरिहार्य भएको कुरालाई जोड दिँदै शिक्षालाई सुधार गर्ने मुख्य लक्ष्यका साथ स्कुल स्थापना गरेको प्रधानाध्यापक रिजालको बताउनु भयो । गोरखा मोडेल सेकेण्डरी स्कुल स्थापना हुनु अघि यस क्षेत्रमा तीन वटा स्कुलले विज्ञान संकायमा अध्यापन गराउँदै आएपनि नतिजा शुन्य रहेको बताउदै आफुहरुले उक्त नतिजालाई पछि पार्दै अगाडी बढ्न सफल भएको प्रधानाध्यापक रिजालले बताउनु भयो ।
यस्तै केहि वर्ष अगाडीसम्म उच्च शिक्षा पढ्नका लागि देउखुरीका विद्यार्थीहरु दाङको सदरमुकाम घोराही र काठमाडौं जानु पर्ने बाध्यता रहेको थियो । तर अहिले रोल्पा,रुकुम, प्युठान,अर्घाखाँची लगायतका जिल्लाबाट गोरखा स्कुलमा अध्ययनका लागि विद्यार्थीहरु आउने गरेको प्रधानाध्यापक रिजालले बताउनु भयो । गोरखा मोडेल सेकेण्डरी स्कुलमा विज्ञान तथा व्यवस्थापन संकायमा झन्डै ९५ प्रतिशत भन्दा विद्यार्थीहरु उतिर्ण भएको प्रधानाध्यापक रिजालले जानकारी गराउनु भएको छ ।
विद्यालयले शैक्षिक गुणस्तर कायम राख्नका लागि विद्यार्थी तथा उनीहरुका अभिभावकसंग निरन्तर सहकार्य एवं समन्यव गर्नु पर्ने र देउखुरी क्षेत्रको विकास हुनका लागि शिक्षामा सबैले ध्यान दिन जरुरी रहेको उपस्थित पत्रकारहरुले बताएका थिए । यस्तै विद्यालयका बालबालिकालाई मिडियामैत्री गराउन पनि पत्रकारहरुले सुझाव दिएका छन् ।
उक्त विद्यालयमा कुल १८ सय ४ १ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् भने विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरु १ सय बढी रहेका रहेका छन् । विद्यालयले वार्षिक रुपमा नर्सरी कक्षामा अध्ययन गर्ने एक जना विद्यार्थीसंग २१ हजार मात्र शुल्क लिएको छ भने कक्षा १० मा अध्ययन गर्ने एक जना विद्यार्थीको जम्मा ३८ हजार रहेको र नेपाल सरकारको निति नियम अनुसार वार्षिक रुपमा विद्यालयमा अध्ययन गर्ने १८२ जना जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति वितरण गर्ने गरेको प्रधानाध्यापक रिजालले जानकारी दिनु भयो ।
अन्तरक्रिया कार्यक्रममा विद्यालयका तर्फबाट प्रधानाध्यापक लोकमान रिजाल,व्यवस्थापन संकाय प्रमुख प्रकाश ओली,प्रकाश रिजाल,पत्रकारहरु केपी घिमिरे,लिला शाह,दशरथ घिमिरे, शिवराज खनाल राधेश्याम गुप्ता,शिवु खनाल,दुखहरण यादव,प्रिया स्मृति गजमेर,मेगमन बुढा लगायतको उपस्थिति रहेको थियो ।

