
Csb
mss
Ssb
Rsb
Ppu
gis
Gsb

Ssb
Tsb

Nps
Rgu
कपिलवस्तु । उद्योग वाणिज्य महासंघको आउदो चैत २८ र २९ गते काठमाडौंमा हुन लागेको महाधिवेशनमा महासंघका वर्तमान केन्दीय सदस्य जमसेर अली मियाले पुन:केन्द्रीय सदस्यमा उम्मेदावरी दिने बताउनु भएको छ ।
लामो समयसम्म कपिलवस्तु जिल्लाको चन्द्रौटा उद्योग वाणिज्य संघको नेतृत्व समाल्नु भएका निवर्तमान अध्यक्ष मियाले अघिल्लो महाधिवेशनद्वारा केन्द्रीय सदस्यमा निर्वाचीत हुनु भएको थियो । महासंघको विधानमा दुईपटक केन्दीय सदस्य भएको व्यक्तीले मात्र पदाधिकारीमा दावी गर्न पाउने व्यवस्था वमोजीम उहाँले पुन: केन्द्रीय सदस्यमा उम्मेदावरी दिन लाग्नु भएको हो ।
चुनावी अभियानको लागि लुम्बिनी प्रदेशका १२ ओटा जिल्लामा भेटघाटमा व्यस्त रहनु भएका मियाले लुम्बिनी प्रदेशको तर्फबाट केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । व्यवसाय र व्यवसायिहरुको समस्या एवम् देशमा देखिएको आर्थिक तरलताको समाधानको लागि आवाज उठाउनु आफ्नो प्रमुख एजेण्डा भएको उम्मेदावर मियाले बताउनु भयो ।
त्यस्तै उहाँले अघिल्लो निर्वाचनमा पाएको साथ र त्यसपछि आफुले गरेका सकरात्मक प्रयासहरु नै जितको आधार भएको दावी गर्नु भएको छ । यसैबीच मियालाई विजयी बनाउन चन्द्रौटा उद्योग वाणिज्य संघले सबै उद्योगी व्यवसायीहरुलाई अनुरोध समेत गरेको छ । चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले संघका निवर्तमान अध्यक्ष एवं हालका केन्दीय सदस्य जमसेर अली मियालाई पुन: केन्दीय सदस्य पदमा मतदान गर्न आग्रह गर्नु भएको छ ।
