
Sgr
Pbu
Pes
Srbpu
Unsku
Rgp
Gfs
cjs
pku
Lnp
Rgp1
Ggp
sbs
Djs

Sls
nsb
Hal
Asm
Pvg
Rgu
Ggd
Ssm
Sbs
Rgs
Tsm
Ksm
Bbbpu
Rgu
Wsp
Bbu
Rsb
Vor
Gst

Pls
Syp
Ptm
Jmb
Rpp
sab
Bml
Rmb
Mks
bbt
Abd
Gsb
Jmb
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँका बि.एन ममता रावत र बि.एम.एल.टी विशाखा रावतले स्वर्गीय बुवा बसन्त कुमार रावतको संझनामा शनिवार लठ्ठहवामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेका छन् ।
पुर्व जनस्वास्थ्य अधिकृत एवं कुसल स्वास्थ्य चिकित्सक स्वर्गीय बसन्त कुमार रावतले सिसहनियाँ बजारमा सञ्चालन गरेको विष्णु वि. मेडिकल एण्ड मुना मेडिसिन सेन्टरलाई छोरा बुहारीले निरन्तरता दिएका छन् । स्वर्गीय रावतको निधन भएको ६ महिना पुगेको संझनामा स्वास्थ्य शिविरको आयोजना गरिएको स्वर्गीय रावतका साला चन्द्र पुन र समाजसेवी तुलसीप्रसाद गौतमले बताउनु भयो ।
स्वास्थ्य शिविरबाट १ सय ८० जना बिरामीहरुले सेवा लिएका छन् । आफ्नै गाउँमा सबै रोगको स्वास्थ्य उपचार पाएकोमा स्थानीयहरुमा निकै उत्साह देखिएको थियो । स्वास्थ्य परिक्षणका लागि लठ्ठहवाबाट आएकी विनिता चौधरीले भनिन् “हामी जस्तो गरीब दुःखीले आफ्नो घरायसी समस्या र पैसाका कारण राम्रो हस्पिटलसम्म गएर उपचार गराउन नसकिरहेको अवस्थामा रावत परिवारले गाउँमै डाक्टर ल्याएर नि:शुल्क सेवा सहित औषधी दियो, हामी ज्यादै खुसी भयौं ।”
त्यस्तै सिंगेबाट स्वास्थ्य जाँचका लागि आएका तकमान भण्डारीले सिसहनियाँबाट पाइने स्वास्थ्य उपचारको सुविधा गाउँघरमा नै आउँदा खुशी लागेको बताए । उनले भने ‘हाम्रै गाउँमा डाक्टर आए । डाक्टरको सल्लाह अनुसार औषधी पनि पाए । यसले मलाई ज्यादै खुसी लाग्यो । उनीहरु जस्तै शिविरमा आएका जेष्ठ नागरिक, वयष्क तथा युवाहरु समेत गाउँमै नि:शुल्क स्वास्थ्य सेवा पाउदा निकै खुसी भएका छन् ।
शिविरमा विभिन्न रोगको चेकजाँच, सुगर, ब्लडप्रेसर, रगत परिक्षण र नि:शुल्क औषधी वितरण गरिएको थियो । शिविरमा ढाड कम्मर दुख्ने, सुगर, प्रेसर, दम, ग्याष्टिक,आँखाको समस्या भएका विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको डाक्टर शिवानन्द साहले बताएका छन् । शिविरमा एमविविएस डा. शिवानन्द साह, अहेवहरु जिवा चौधरी, गोमा खत्री, स्वम्सेवक विशाल पुन मगर, वि.एण्ड ममता रावत,वि.एल. एम.टि विशाखा रावतले सेवा दिएका थिए ।

