
Pbu
Gsl
Gsbus
Gms
Gis
Gis
Ssbus
bpmhl
Ksbus
Gsbus
Ksbus
Ksbus
Gis
ebg
Gss
Lsbus
Ssbus
Nssbush
Gsbus
Ses

Rgu
Ggd
Bbu
Rgu
nsb
Bbbpu
Asm
Gst
Ssm
Pvg
Hal
Rgs
Ksm
Wsp
Sbs
Tsm
Vor
Rsb
Sls

Bml
Ptm
Gsb
Abd
Syp
Pls
bbt
Jmb
Rmb
Jmb
Mks
Rpp
sab
दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ मा रहेको लाली खेलमैदानको निर्माण कार्य अलपत्र परेको छ ।
लेकम गाउँपालिकाले २०७५ सालमा १० लाख रुपैँया खर्च गरेर खेल मैदान निर्माणको लागि डिपिआर बनाए पनि त्यस यता खेल मैदान निर्माणको कार्य अलपत्र परेको हो । डिपिआर तयार पारेको ४ वर्ष पुरा हुँदा समेत खेलमैदान निर्माणको लागि कुनै योजना बनेको छैन।
जिल्ला स्तरकै खेल मैदान बनाउने उदेश्य सहित २०७५ सालमा लेकम गाउँपालिकाले १० लाख खर्च गरेर खेल मैदान बनाउन डिपिआर तयार पारेको थियो । “जिल्ला स्तरीय खेल मैदान बनाउने भन्दै ४ बर्ष पहिले डिपिआर तयार गरि माटो परिक्षण समेत गरिएको थियो त्यस पछि खेल मैदान निर्माणको योजना अलपत्र परेको छ”स्थानीय डम्मर भण्डारीले भन्नुभयो । पालिका स्तरीय खेलकुद प्रतियोगीता सञ्चालन हुने उक्त खेलमैदान अहिले कुनै पनि खेल खेलाउन उपयुक्त नरहेको उहाँको भनाई छ।
अहिले खेल मैदान स्थानीयको गौचरन र सौच गर्ने स्थानको रुपमा परिणत भएको छ। बर्षाको बेला आउने ढल (भल)ले खेल मैदान चिरा चिरा भएको छ । कतिपय जिल्ला स्तरीय र स्थानीय स्तरमा हुने खेलकुद प्रतियोगिता सञ्चालन भएको खेलमैदान स्थानीय सरकारले चाँसो नदेखाउदा भएका संरचना समेत भत्किन थालेको स्थानीय भण्डारीले बताउनु भयो ।
“हरेक चुनावको बेला नेताहरु आउछन यहीँ मैदानमा कार्यक्रता भेला गर्छन तर खेल मैदान निर्माण र व्यवस्थापनको लागि कसैले चाँसो देखाउदैन्न” स्थानीय गोविन्द जोशीले भन्नुभयो । खेलमैदानसंगै यातायात,आवासगृह,खानेपानी लगायतको समस्या भएकाले जिल्ला स्तरको खेलकुद प्रतियोगीता गर्न पनि समस्या हुने गरेको स्थानीय जोशीको बुझाइ छ। अहिले खेलमैदान खेलाडीले खेल खेल्ने नभई गाई बस्तु चराउने स्थानका रुपमा परिणत भएको उहाँको भनाइ छ ।
कतिय जिल्ला स्तरका खेलकुद प्रतियोगीता समेत सञ्चालन भएको खेलमैदान स्तरोन्तीका लागि कुनै पनि निकायले चाँसो देखाएको छैन । जिल्ला स्तरमा अन्य कुनै पनि उपयुक्त खेल मैदानको व्यवस्था नभएको अवस्थामा लाली खेलमैदानको व्यवस्थापन गर्न सके जिल्ला स्तरमा हुने क्रिकेट,फुटबल लगायतका ठुला प्रतियोगीता सञ्चालन गर्न उपयुक्त हुने खेल क्षेत्रका जानकारहरुको भनाई छ।
गाउँपालिकाले बजेट पड्काउनको लागि १० लाख खर्च देखाएर डिपिआर गरे पनि खेल मैदान निर्माणको कुनै योजना नबनाएको स्थानीयको गुनासो छ ।
