
Ggp
Gfs
Unsku
cjs
Lnp
Ses
Rgp
pku
Pbu
Rgp1
Pes
Srbpu
Sgr
Djs

Sbs
Asm
Ksm
Gst
Rsb
Pvg
Vor
Rgu
Wsp
Bbu
Tsm
Rgs
Rgu
nsb
Ggd
Sls
Ssm
Bbbpu
Hal

Ptm
Bml
sab
Rpp
Jmb
Rmb
Pls
bbt
Gsb
Abd
Syp
Jmb
Mks
दाङ । लागु पदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम आइतबार नारायणपुरमा सम्पन्न भएको छ ।
नारायणपुर स्थित सिद्धरत्न उच्च माविमा समाजकल्याण केन्द्र घाेराही र नयाँ पाईला पुनःस्थापना केन्द्र बिजाैरीकाे संयुक्त आयाेजनामा सम्पन्न भएको कार्यक्रममा कक्षा ११ र १२ मा अध्यनरत करिव २०० जना विद्यार्थीहरुलाई लागु पदार्थ दुर्व्यसन भनेकाे केहाे ? यसका लक्षण र राेकथामका उपायबारे विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियाे ।
समाजकल्याण केन्द्र घाेराहीका अध्यक्ष निर्मला गाैतमकाे अध्यक्षता तथा घाेराहि उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष दिपक पाण्डेकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दुर्व्यसन मुक्त ब्यक्ति सुवास डाँगी,नयाँ पाईला पूनर्थापना केन्द्रका कार्यकारी निर्देशक शुरेस भुसाल,शिक्षक दुर्लभ कुमार श्रेष्ठ लगायतकाले बाेल्नु भएकाे थियाे ।
त्यस्तै कार्यक्रममा नार्कोनन् नेपाल लुम्बिनी प्रदेश संयोजक बसन्त पुन, ईलाका प्रहरी कार्यालय नारायणपुरका प्रहरी साहेक निरीक्षक रुपा कुमारी बिक सिद्धरत्न उच्च माविका प्रधानाध्यापक उत्तम खनाल लगायतका अतिथि रहनु भएकाे थियो ।
समाजकल्याण केन्द्र घाेराहीका सदस्य पार्वता याेगिकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन सचिव जानुका केसीले गर्नुभएको थियाे भने धन्यवाद ज्ञापन सदस्य बिन्दु दाहालले गर्नुभएको थियाे । साविककाे राप्ती अन्चलकै पहिलाे सुधनरगृह नयाँ पाईला पुनः स्थापना केन्द्र बिजाैरीले विभिन्न संघ-संस्थाहरुसंग सम्मन्वय गरि लागु पदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम गर्दै आइरहेकाे छ।
