
Ses
Ggp
Pbu
Lnp
pku
Pes
Rgp1
Sgr
Gfs
Unsku
Srbpu
Djs
Rgp
cjs

Rgs
Wsp
Rsb
Sbs
Pvg
Gst
Rgu
Sls
Ksm
Rgu
nsb
Tsm
Ggd
Asm
Bbu
Ssm
Hal
Bbbpu
Vor

Bml
Mks
Gsb
Rmb
Pls
Jmb
bbt
Syp
Rpp
Abd
Ptm
Jmb
sab
दाङ । क्रेटिङ पोसिबिलिटिज नेपाल (सिपि ) नेपालले आर्थिक वर्ष २०७९/०८० मा गरिएका शिक्षा सहयोग कार्यक्रमहरुको स्थानीय सरकार , प्रशासन तथा जिल्ला समन्वय समितिद्वारा अनुगमन तथा अवलोकन गरिएको छ ।
बालबालिकाको शिक्षा तथा बाल बिकास केन्द्रको सुधार र आमा समुह सहयोग कार्यक्रम अन्तर्गत राप्ती गाउँपालिका वडा नं ६ को ज्ञानोदय माध्यामिक विद्यालय पत्थर गढवाको बालविकास केन्द्र, कम्प्युटर ल्याब तथा भवनको अवलोकन गरिएको हो। सिपी नेपालको सहयोगले यस विद्यालयमा भौतिक तथा शैक्षिक रुपमा धेरै प्रगति भएको प्राधानाध्यापक इन्द्रदेव चौधरीले बताउनु भयो ।
त्यसैगरि राजपुर गाउँपालिका वडा नं २ मा रहेकाे जनज्योति माध्यामिक विद्यालयमा भवन , बालबिकास केन्द्र,कम्प्युटर ल्याब,बिज्ञान प्रयोगशालाको अनुगमन गरिएको छ । अनुगमनको क्रममा जनज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक केशवराम यादवले विद्यालयको भौतिक पुर्बाधार र शैक्षिक गुणस्तर कायम गर्नमा सिपी नेपालको महत्वपूर्ण योगदान रहेको बताउँदै विद्यालय परिवारले सिपी नेपालप्रति कृतज्ञ रहेको बताउनु भयो । अतिथिहरुलाई स्वागत् गर्दैै सिपी नेपालले गरेकाे सहयोग र योगदानबारेमा विस्तृप्त जानकारी गराउनु भएको थियो ।
यस्तै गढवा गाउँपालिका स्थित सिपी नेपालको जिल्ला स्तरीय स्थलगत अवलोकन तथा आर्थिक वर्ष २०७९/८० मा भएगरेका कार्यक्रमका प्रतिबेदनका साथै आर्थिक वर्ष २०८०/०८१ प्रस्तावित बजेट तथा कार्यक्रमको बारेमा छलफल सरोकारवालाहरुसंग गरिएको छ । छलफलमा सिपी नेपालको प्रगति प्रतिबेदन तथा आगामी कार्यक्रम तथा बजेट बारे सिपी नेपालकि कार्यक्रम प्रमुख सरिता चौधरिले प्रस्तुत गर्नु भएको थियो ।
अनुगमन कार्यक्रम जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा,राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति देवी यादव,राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलावती चौधरी,गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरी,जिल्ला समन्वय अधिकारी मोहन सुवेदी,जिल्ला समन्वय कार्यलयका प्रशासकीय अधिकृत चन्द्र बहादुर केसी,जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख प्रशासकीय अधिकृत,राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डे, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविना वली, राप्ती गाउँपालिका दाङका शिक्षा शाखा अधिकृत विश्वास विक,राजपुर गाउँपालिका शिक्षा शाखा अधिकृत केशव लम्साल,राप्ती गापाका सामाजिक विकास समिति सदस्य गिता चौधरी,जिल्ला प्रशासन कार्यालय दाङका नासु गंगाराम पोख्रेल,महिला ग्रामिण उत्थान केन्द्र दाङका प्रमुख आसमानी चौधरी,सिपी नेपालका सरिता चौधरी,दिपा चौधरी, हेमराज शर्मा,प्रेसा चौधरी,रिया चौधरी,सीता कुमाल, पत्रकार दशरथ घिमिरे,सुदर्शन,दुखरण यादव,गीता चौधरी,छवि पुरी लगायतकाे सहभागितामा अनुगमन भएकोे थियो ।


