तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका शुक्रबार, फाल्गुण २६, २०७९

दाङ । राप्ती गाउँपालिकाकाे आयोजनामा बिहीबारदेखि संचालित अध्यक्ष कप फुटबल प्रतियोगिता कार्यक्रमकाे दाेस्राे दिन शुक्रबार विभिन्न वडाहरु बिच सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् ।

शुक्रबार भएको सेमिफाइनल खेलमा पुरुष तर्फ वडा नम्बर ३ लाई २-० गाेलले हराउँदै वडा नम्बर १ फाइनलमा प्रवेश गरेको छ भने वडा नम्बर ४ लाई ३-० गाेलले हराउँदै वडा नम्बर २ फाइनलमा पुगेको छ।

त्यस्तै महिला तर्कको खेलमा वडा नम्बर ६ लाई पेनाल्टी मार्फत ३-२ गाेलले हराउँदै वडा नम्बर २ फाइनलमा प्रवेश गरेकाे छ भने वडा नम्बर ५ लाई १-० गाेलले हराउँदै वडा नम्बर १ फाइनलमा पुगेको वडा नम्बर २ का वडा अध्यक्ष तथा खेल सञ्चालन समितिका सदस्य पहलवान चाैधरीले जानकारी दिनु भएको छ।

भाेली फाइनल खेलका लागि पुरुष तर्फ वडा नम्बर १ र २ भिड्ने छन् भने महिला तर्फ पनि वडा नम्बर १ र २ बिच नै प्रतिस्पर्धा हुने भएको छ। खेल भाेली विहान ७ बजेदेखि शुरु हुने र फाइनलका सम्पूर्ण खेलहरु सम्पन्न गरिने शिक्षा,युवा तथा खेलकुद शाखाका शाखा प्रमुख तथा खेल सञ्चालन समितिका सदस्य सचिव विश्वास विकले जानकारी दिनु भएको छ।

खेलकुदमा विजेता र उपविजेता हुने खेलाडीहरुलाई क्रमश ४० र ३० हजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिने छ। खेलकुद कार्यक्रमको भाेली नै समापन गरिने आयाेजकले जानकारी दिएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]