
Nssbush
Ksbus
Rsbus
Gsbus
Lsbus
Gis
Lsbus
Pbu
bpmhl
Gms
Ssbus
Gss
Ses
Ksbus
Gsbus
Ssbus
Gsbus
Bsbus
Gis
Gsl

Gst
Rgu
Ksm
Ggd
Ssm
Rgu
nsb
Asm
Pvg
Sls
Tsm
Bbu
Sbs
Bbbpu
Rsb
Hal
Rgs
Wsp
Vor

Mks
Gsb
Jmb
bbt
Jmb
Pls
Syp
Abd
Bml
Ptm
Rpp
Rmb
sab
दाङ । राप्ती गाउँपालिकाकाे आयोजनामा बिहीबारदेखि संचालित अध्यक्ष कप फुटबल प्रतियोगिता कार्यक्रमकाे दाेस्राे दिन शुक्रबार विभिन्न वडाहरु बिच सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् ।
शुक्रबार भएको सेमिफाइनल खेलमा पुरुष तर्फ वडा नम्बर ३ लाई २-० गाेलले हराउँदै वडा नम्बर १ फाइनलमा प्रवेश गरेको छ भने वडा नम्बर ४ लाई ३-० गाेलले हराउँदै वडा नम्बर २ फाइनलमा पुगेको छ।
त्यस्तै महिला तर्कको खेलमा वडा नम्बर ६ लाई पेनाल्टी मार्फत ३-२ गाेलले हराउँदै वडा नम्बर २ फाइनलमा प्रवेश गरेकाे छ भने वडा नम्बर ५ लाई १-० गाेलले हराउँदै वडा नम्बर १ फाइनलमा पुगेको वडा नम्बर २ का वडा अध्यक्ष तथा खेल सञ्चालन समितिका सदस्य पहलवान चाैधरीले जानकारी दिनु भएको छ।
भाेली फाइनल खेलका लागि पुरुष तर्फ वडा नम्बर १ र २ भिड्ने छन् भने महिला तर्फ पनि वडा नम्बर १ र २ बिच नै प्रतिस्पर्धा हुने भएको छ। खेल भाेली विहान ७ बजेदेखि शुरु हुने र फाइनलका सम्पूर्ण खेलहरु सम्पन्न गरिने शिक्षा,युवा तथा खेलकुद शाखाका शाखा प्रमुख तथा खेल सञ्चालन समितिका सदस्य सचिव विश्वास विकले जानकारी दिनु भएको छ।
खेलकुदमा विजेता र उपविजेता हुने खेलाडीहरुलाई क्रमश ४० र ३० हजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिने छ। खेलकुद कार्यक्रमको भाेली नै समापन गरिने आयाेजकले जानकारी दिएको छ।
