
Anm
Gisld
gst
Pbu
Ksm
Sds
Gmk
Mbdvs
Rbs
mbd

Ksm
Rgu
Hal
Wsp
Vor
Gst
Bbbpu
Rsb
Rgs
Ssm
Pvg
Sls
Bbu
Asm
Ggd
Rgu
Tsm
Sbs
nsb

Ptm
bbt
sab
Abd
Gsb
Jmb
Bml
Syp
Pls
Rmb
Mks
Rpp
Jmb
काठमाडौं । लामो समयदेखि हराएको भनिएको नेपाल र चीन सीमा छुट्याउने ११ नम्बरको नेपाल–चीनबीचको सीमास्तम्भ भेटिएको छ । सीमा अनुगमन टोलीले नाम्खा गाउँपालिका वडा नम्बर ६ टाकुलेमा सीमास्तम्भ फेला पारेको हो ।
चार वर्ष अघि पनि सो सीमास्तम्भ हराएको कुरा बाहिर आएको थियो । कहिलेदेखि हराएको हो,वा खोजी नै भयो कि भएन, त्यो पनि निश्चित छैन । अहिले नाम्खा गाउँपालिका-६, लाच्पाको लोलुङजोङमा चिनियाँ पक्षले भवन बनाएको कुरा बाहिर आएपछि नेपाली टोली लाप्चा पुगेर फिर्ता आउँदा लिमीका अग्ला पाटनमा खोजी गर्ने क्रममा हराएको सीमास्तम्भ भेटाएको हो ।
नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा लाप्चाबाट सीधै सिमकोट आए पनि प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको टोली भने लिमीतर्फ लागेको थियो । सञ्चार सम्पर्कसमेत नहुने उक्त स्थानमा प्रजिअको टोलीले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीलाई हराएको भनिएको सीमास्तम्भ खोजी गर्न पठाएको थियो ।
टोलीले बुधबार बेलुका मात्र सो सीमास्तम्भ भेटाएको अध्यक्ष लामाले बताउनु भयो । हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको थियो। हिल्सा नाका भन्दा झन्डै पाँच हजार दुई सय मिटर उचाइमा सीमास्तम्भ भेटिएको हो । एघार नम्बर सीमास्तम्भ नभेटिँदा चीनले हुम्लाको नाम्खा गाउँपालिका–६, लाप्चाक्षेत्र (लोलुङजोङ)मा भवनहरू बनाएको भनेर विवाद बाहिर आएको थियो । यद्यपि नेपाल सरकार र चीनले सो भवनहरू चिनियाँ भूमिमै बनाइएको स्पष्ट गरिसकेका छन् ।
आजको गोरखापत्र राष्ट्रिय दैनिकमा समाचार छ ।
