
Ggp
Rgp1
Lnp
Unsku
pku
Pbu
Rgp
Sgr
Srbpu

Rgu
Vor
Bbbpu
Asm
Pvg
Gst
Wsp
Tsm
Ggd
nsb
Sbs
Bbu
Hal
Rgu
Rsb
Ksm
Sls
Ssm
Rgs

Jmb
Abd
Mks
Rpp
Jmb
Rmb
bbt
Gsb
Pls
sab
Syp
Ptm
Bml
दाङ । स्थानीय तहको प्रभावकारी सेवा प्रवाहका लागि ३ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि गढवामा सुरु भएको छ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख तथा उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सुभारम्भ गरिएको छ । तिनदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पालिकाबाट प्रभावकारी सेवा प्रवाहका लागि, कर्मचारी र विभिन्न शाखाहरुमा थप ज्ञानको लागि तिन दिने तालिम प्रभावकारी हुने आशा आफुले लिएको बताउनुभयो।
योजनाका कामहरु लगायतका अन्य काम कार्वाहीहरु सही भए पनि केही कानुनी प्रक्रिया नपुगेर बेरुजु आउने गरेकोले त्यस्ता खालको वेरुजु कम गर्ने, सेवा प्रवाह सहि समयमा सहि तरिकाले कार्य सम्पादन गर्नका लागि यो प्रशिक्षण महत्वपूर्ण रहेको अध्यक्ष पोख्रेलले बताउनु भयो। त्यसैगरी धेरै महत्वपूर्ण बिषयबस्तु समेटिएर स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल काठमाडौंले गढवा गाउँपालिका संग यो कार्यक्रमको लागि समन्वय गरेको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनुभयो। प्रशिक्षण प्रभावकारी र उपलब्धि मुलक हुने र प्रशिक्षण पश्चात पालिका भित्र राम्रो काम कार्वाही हुने आफुले आशा गरेको बताउनु भयो।
त्यस्तै स्थानीय तहको सेवामा भैरहेको कमीकमजोरीलाई सुधार गर्ने, बेरुजु रकम अन्त्य गर्ने, पालिकाको बजेटबाट उपभोक्ता समितिबाट हुने काम हरुको बिधि प्रक्रिया, सार्बजनिक खरिद प्रक्रिया, पेश्की, बेरुजु बेरुजु फर्च्यौट प्रक्रिया, सार्वजनिक खरिद प्रक्रिया, स्थानीय तह वडा समितिको काम कर्तव्य र अधिकार, राजश्व सुधार कार्य योजना, अवधारणा, आवश्यकता, राजश्व परामर्श समितिको भूमिका, राजश्व कार्यालय सुधार कार्ययोजना तर्जुमा प्रक्रिया, स्थानीय तहमा सिफारिस र सर्जमिन मुचुल्का, योजना मुल्यांकन तथा अनुगमन, स्थानीय तहका आयका स्रोतहरु, राजश्वको अवधारणा, कर र गैर कर, राजश्वको अधिकार क्षेत्र, स्थानीयतह संस्थागत स्वमूल्याङ्कन, सम्पत्ति कर अवधारणा, सम्पत्ति कर र संकलन र व्यवस्थापन र सम्पत्ति कर निर्धारण अभ्यास लगायतकाको विविध विषयमा केन्द्रित रही तालिम सञ्चालन हुने स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल काठमाडौं उपनिर्देशक हरिकृष्ण कोइरालाले जानकारी दिनुभयो।
यस्तै तिन दिने प्रशिक्षण कार्यक्रममा गढवा गाउँपालिकाका वडाका वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु, विभिन्न वडाका वडा सचिवहरुको उपस्थिति रहेको छ। तिन दिने प्रशिक्षण कार्यक्रमको प्रमुख प्रशिक्षकको रुपमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल काठमाडौंका उपनिर्देशक हरिकृष्ण कोइराला त्यसैगरी बुद्दी प्रसाद घिमिरे र सत्रुघन चौधरी प्रशिक्षकको रुपमा रहनु भएको छ।
