
Unsku
Sgr
Rgp1
Pbu
Ggp
pku
Rgp
Lnp
Srbpu

Ggd
Tsm
Hal
Sbs
Bbu
Rgu
Sls
Wsp
Rgu
Ksm
Bbbpu
Asm
Rgs
nsb
Vor
Pvg
Rsb
Ssm
Gst

Ptm
Rmb
Syp
Rpp
Abd
sab
Bml
Mks
Jmb
Gsb
Pls
bbt
Jmb
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा रहेको मगर महिला समूहले आफ्नै समूह भित्रका दुई जना एकल महिलालाई एक कार्यक्रमको बीचमा बिहीबार नगद आर्थिक सहयोग गरेको छ ।
समूहका अध्यक्ष बिसपुरा घर्ती (पुन)मगरको अध्यक्षता तथा समूहका जेष्ठ नागरिक तिर्माला घर्ती मगरको प्रमुख आतिथ्यमा समुहका सदस्य फुलमाया घर्ती मगर र रजमाला रोका मगरलाई दश हजार १५ रुपैयाँको दरले दुई जनालाई २० हजार ३० रुपैयाँ नगद सहयोग प्रदान गरेको हो ।
सो समूहमा आवद्ध समेत रहनु भएका सदस्यद्वय फुलमाया र रजमालालाई समूहले आफ्नै कार्यालयमा डाकेर समुहका जेष्ठ नागरिक तिर्माला मार्फत दोसल्ला ओढाइएको थियो भने समूहका अध्यक्ष बिसपुरा र कोषाध्यक्ष लक्ष्मी बुढाथोकी मगरले सहयोग स्वरुप उक्त नगद रकम हस्तान्तरण गर्नु भएको थियो ।
फुलमायाका श्रीमान टीका बहादुर घर्ती मगर कोरना र रजमाला रोका मगरका श्रीमान इन्द्रबहादुर बुढा मगर प्रेसरका कारण मृत्यु भएको थियो । उहाँहरुको सम्झनामा समूहले श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने भनेको भएपनि केहि प्राविधिक कारण गर्न नसकिएकोले समूहद्वारा उक्त सहयोग प्रदान गरिएको समूहले जनाएको छ ।
त्यस्तै २०७२ सालमा गठित उक्त समूहमा अहिले ६५ जना सक्रिय सदस्य रहेका छन् । समूहले निरन्तर रोल्पा,पाल्पा, पोखरा,स्याङ्जा,दाङ लगायतका विभिन्न समस्यामा रहेका मानिसहरुलाई हालसम्म ११ जना गरि कुल ६१ हजार ८ सय आर्थिक सहयोग गरेको छ । समूहले तिहारमा भैलो खेलेर विभिन्न कार्यक्रममा सहभागी भएर पहिलो,दोस्रो पुरस्कार बापत संकलन भएको रकम र मासिक ३०० देखि ५०० सम्म जम्मा गरिएको रकमको केही आपतविपत कोष मार्फत यसैगरी निरन्तर सहयोग गर्दै आएको समुहका सचिव ईराधा झाक्री मगरले जानकारी दिनु भयो ।
उक्त आर्थिक सहयोग गर्दै समुहका अध्यक्ष बिसपुरा घर्ती (पुन) मगरले आफ्नो समूहले गाउँ-समाजमा रहेका विभिन्न दुखि,गरिबलाई थोरै भएपनि घाउमा मलम,पत्ती लगार्दै आएको बताउनु भयो । त्यस्तै उहाँले यस्तो पिडा जो कोहीलाईपनि आउन सक्ने भएको हुँदा समूहका सम्पूर्ण सदस्यहरुको सल्लाह सुझाव अनुसार आफुहरुले सहयोग गर्दै आएको बताउनु भयो ।
समाजमा काम कार्यहरु गर्नको लागि एकताको आवश्यकता रहेकोे हुँदा सम्पूर्ण महिलाहरु एकजुट भएर लाग्नु पर्ने धारणा राख्नु भयो । यस्तै उहाँले आगामी दिनमा समूहलाई अझ मजबुत बनाउदै अघि बढाउने समेत बताउनु भएको छ ।
कार्यक्रममा समूहका जेष्ठ सदस्य सुनमाया घर्ती मगर,सदस्यहरु छमी पुन मगर,सरस्वती पुन मगर,गिता पुन मगर,सुन्ती बुढा मगर,सुनसरी घर्ती मगर लगायत ३५ सदस्यको सहभागी रहेकोे उक्त आर्थिक सहयोग कार्यक्रमको संचालन समुहका सचिव ईराधा झाक्री मगरले गर्नु भएको थियो ।

