
Amb
Ddhbs
Gsbus
Gsl
Bksbus5
Ratbs
Pbu
Rbs
Ssbus
Csbus
Jsbus
gms
Nssbus7
dsbus

Gst
Rgs
Rgu
Wsp
Rgu
Ksm
Asm
Sbs
nsb
Tsm
Sls
Bbu
Hal
Bbbpu
Pvg
Rsb
Ggd
Vor
Ssm

Syp
Pls
Mks
Rpp
Jmb
Ptm
Gsb
bbt
sab
Rmb
Bml
Abd
Jmb
तेजप्रसाद खनाल लमही दाङ । विदुर अहिले कक्षा दशमा पढ्दै छ । उसको एस् . इ.इ. परीक्षा पनि नजिक आइरहेको छ तर ऊ कक्षा सातदेखि नै फेसबुक चलाउँदै आइरहेकोले पढाइमा खासै वास्ता गर्दैन । मोबाइलमा फेसबुक चलाउने, फ्रिफायर खेल्ने गर्नाले उसको पढाइ पनि त्यति राम्रो हुन सकेको छैन ।
घरमा बुबाआमाले फेसबुक नचलाउन सल्लाह दिनुहुन्छ तर विदुर त्यो कुरा मान्दैन । विद्यालयमा शिक्षकले पनि धेरै सम्झाउनुहुन्छ तर उसमा फेसबुकको लत बसिसकेको हुन्छ जसको कारण घरमा आमाबुबा र विद्यालयमा शिक्षकहरु चिन्तित हुन्छन्।
विदुर कक्षा छ सम्म कक्षा प्रथम हुने विद्यार्थी हो तर अहिले उसलाई विषय लाग्न थालेका छन् यस कारण पनि आमाबुबा र शिक्षक चिन्तित छन् । निरन्तर मोबाइल चलाएर उसको पढाइ मात्र होइन आँखा र टाउकोमा समेत समस्या देखिन थालेको छ। कैयौं पटक विद्यालयमा शिक्षकले फेसबुक नचलाउनु भनेर सम्झाउने काम गरे तर विदुरले त्यो लत छोड्न सकेन। अचानक फेसबुक चलाउन छोड्नु उसको लागि कष्टकर विषय नै बन्यो ।
विद्यालय समय बाहेक रातको एघार बार्ह बजेसम्म पनि ऊ मोबाइलमा नै व्यस्त हुन्थ्यो जसले गर्दा आमाबुबा चिन्तित देखिन्थे । शिक्षकले उसलाई धेरै सम्झाए तर पनि उसले त्यो लत छोड्न सकेको थिएन। केही उपाय नलागे पछि शिक्षकले दिनमा आधा घण्टा मोबाइल चलाउनु बाँकी समयसम्म मोबाइल नचलाउनु भनेर अभिभावक बोलाएर उसलाई सम्झाउँछन् । यस कुरामा विदुर पनि सहमत हुन्छ।
अभिभावक र शिक्षकको निरन्तर प्रयासबाट विदुर अहिले लामो समय मोबाइल चलाउँदैन । निर्धारित समयसम्म मोबाइल चलाउँछ अनि आफ्नो गृहकार्य गर्ने पढ्ने गर्न थालेको हुन्छ। यस कुराले अहिले भने अभिभावक र शिक्षक सन्तोष नै देखिन्छन् । विदुरको मोबाइल लत एकै पटकमा होइन बिस्तारै छुटाउन अभिभावक र शिक्षक सफल हुन्छन् ।
