तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका आइतबार, माघ २९, २०७९

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सञ्चालित राप्ती गाउँपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधी सर्वाेदय मावि सिसहनियाले हात पारेको छ ।

३ दिन सम्म सञ्चालित प्रतियोगितामा सर्वाेदय मावि सिसहनियाँ प्रथम, आदर्श नमुना मावि लालमटिया द्वितीय र शंकर मावि पिपरी तृतीय भएका छन् । यो जित सँगै सर्वाेदय मावि सिसहनियाले लगातार दोस्रो पटक जित हासिल गरेको हो । विजेता विद्यालयका खेलाडीहरूले यसै वर्ष जिल्लामा हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुन पाउने भएका छन् । विजेता खेलाडीहरुलाई राष्ट्रपति खेलकुद प्रतियोगिता कार्यक्रमका अध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए । माघ २६ गते देखि २८ गते सम्म विभिन्न आठ भन्दा बढी खेल समावेश गरि खेलाईएको प्रतियोगितामा पालिका भरिका १८ ओटा विद्यालयहरुले भाग लिएका थिए ।

साे खेलकुद कार्यक्रममा आधारभूत विद्यालय तर्फ लङजम्प प्रतियोगितामा छात्रा तर्फ सरस्वती आधारभूत विद्यालय छुट्कि सिसहनियाँ प्रथम, सर्वाेदय मावि सिसहनिया द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवा तृतीय भएका छन् भने छात्र तर्फ ज्ञानाेदय मावि पत्थरगढवा प्रथम,आदर्श नमुना मावि लालमटिया द्वितीय र शंकर मावि पिपरी तृतीय भएको छ।

त्यस्तै एक सय मिटर दाैड प्रतियोगितामा छात्रा तर्फ आदर्श नमुना मावि लालमटिया प्रथम ,बाल कल्याण आधारभूत विद्यालय पहरुवा द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवाले तृतीय स्थान हासिल गरेकाे भने छात्र तर्फ बाल कल्याण आधारभूत विद्यालय पहरुवा प्रथम, सर्वाेदय मावि सिसहनिया द्वितीय र आदर्श नमुना मावि लालमटिया तृतीय भएका छन् । दुई सय मिटर दाैड प्रतियोगितामा छात्रा तर्फ आदर्श नमुना मावि लालमटिया प्रथम,बाल कल्याण आधारभूत विद्यालय पहरुवा द्वितीय र सरस्वती आधारभूत विद्यालय छुट्कि सिसहनियाँ तृतीय भएका छन् भने छात्र तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम ,बाल कल्याण आधारभूत विद्यालय पहरुवा द्वितीय र आदर्श नमुना मावि लालमटिया तृतीय भएका छन्।

त्यस्तै मावि तर्फ छात्रा एक सय मिटर दाैड प्रतियोगितामा बाल कल्याण आधारभूत विद्यालय पहरुवा प्रथम ,सर्वाेदय मावि सिसहनिया द्वितीय र शंकर मावि पिपरी तृतीय भएका छन् भने छात्र तर्फ ज्ञानाेदय मावि पत्थरगढवा प्रथम,शंकर मावि पिपरी द्वितीय र शिरिन भ्याली बाेर्डिङ स्कुल माैरीघाट तृतीय भएका छन्। लमजम्प छात्र तर्फ शंकर मावि पिपरी प्रथम ,मावि माैरीघाट द्वितीय र गाेर्खा आइडियल तृतीय भएको छ भने छात्र तर्फ शिरिन भ्याली बाेर्डिङ स्कुल माैरीघाट प्रथम ,शंकर मावि पिपरी द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवा तृतीय भएको छ। सटफुट प्रतियोगितामा छात्रा तर्फ ज्ञानाेदय मावि पत्थरगढवा प्रथम,मावि माैरीघाट द्वितीय र सर्वाेदय मावि सिसहनिया तृतीय भएको छ भने छात्र तर्फ नेपाल राष्ट्रिय मावि भालुवाङ प्रथम ,शंकर मावि पिपरी द्वितीय र सर्वाेदय मावि सिसहनिया तृतीय भएको छ ।

यस्तै आठ सय मिटर दाैड प्रतियोगितामा छात्रा तर्फबाट नेपाल राष्ट्रिय मावि भालुवाङ प्रथम ,बाल कल्याण आधारभूत विद्यालय पहरुवा द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवा तृतीय भएको छ भने छात्र तर्फआदर्श नमुना मावि लालमटिया प्रथम, ज्ञानाेदय मावि पत्थरगढवा द्वितीय र नेपाल राष्ट्रिय मावि भालुवाङ तृतीय भएका छन् । पन्ध्र सय मिटर दाैड प्रतियोगितामा छात्र तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम ,आदर्श नमुना मावि लालमटिया द्वितीय र मावि माैरीघाट तृतीय भएका छन् भने छात्रा तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम ,मावि माैरीघाट द्वितीय र बाल कल्याण आधारभूत विद्यालय पहरुवा तृतीय भएका छन् ।

ज्याबलिङ थ्राे प्रतियोगितामा छात्र तर्फ नेपाल राष्ट्रिय मावि भालुवाङ प्रथम ,शंकर मावि पिपरी द्वितीय र आदर्श नमुना मावि लालमटिया तृतीय भएका छन् भने छात्रा तर्फ ज्ञानाेदय मावि पत्थरगढवा प्रथम, शंकर मावि पिपरी द्वितीय र बाल कल्याणआधारभूत विद्यालय पहरुवा तृतीय भएका छन् । दुई सय मिटर दाैड प्रतियोगितामा छात्र तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम,ज्ञानाेदय मावि पत्थरगढवा द्वितीय र मावि माैरीघाट तृतीय भएका छन् भने छात्रा तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम ,शंकर मावि पिपरी द्वितीय र बाल कल्याण आधारभूत विद्यालय पहरुवा तृतीय भएका छन्।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]