
Gis
Ksbus
Gsbus
Gis
Gms
ebg
Ssbus
Gsbus
Rsbus
Bsbus
Lsbus
Lsbus
bpmhl
Nssbush
Ssbus
Gss
Gsbus
Ksbus
Pbu
Ses

Bbbpu
Ksm
Tsm
Sls
Ggd
Rsb
Rgs
Pvg
Rgu
Asm
Sbs
Hal
Vor
Rgu
Ssm
Wsp
Gst
Bbu
nsb

Abd
Syp
Jmb
Jmb
Rmb
Mks
Ptm
Bml
Gsb
Pls
Rpp
sab
bbt
दाङ । सिपि नेपालको आयोजनामा तीन दिने चौथो महिला फुटबल प्रतियोगिता विहिवार एक कार्यक्रमको बीच समापन गरिएको छ ।
क्रियटिङ पोसिबिलिटिज नेपालका महासचिव मन्दिर शिखर बन्दोपाध्यायको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यता तथा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको बिशिस्ट आतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
मंगलबार तिन दिने महिला फुटबल प्रतियोगिता – २०७९ को उद्घाटन गरिएको थियो । ‘कति बस्छौ चुलो र चौकामा,आउ बाहिर रमाऔ खेलमा’ भन्ने मुल नाराका साथ चौथो महिला फुटबल प्रतियोगिता – २०७९ को गएको मंगलवार शुभारम्भ गरिएको थियो । खेलमा गढवा गाउँपालिका,राजपुर गाउँपालिका र राप्ती गाउँपालिकाका मुक्तकम्लहरी महिला खेलाडीहरु लाई प्रतियोगितामा सहभागी गराइएको क्रियटिङ पोसिबिलिटिज नेपाल विद्यार्थी संयोजक हेमराज शर्माले जानकारी दिनुभयो। क्रियटिङ पोसिबिलिटिज नेपालद्वारा बिगत चार वर्षदेखि हरेक बर्ष अन्तर पालिका स्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको विध्यार्थी संयोजक शर्माले जानकारी दिनुभयो।
विहिवार प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘विश्वास’ ले महिलाहरु चुल्हा चौकामा मात्र सिमात नभई अन्य क्षेत्रमा पनि क्रियाशील हुन आवश्यक रहेको बताउदै सिपि संस्थाले आयोजना गरेको महिला फुटबल प्रतियोगिता उदाहरणीय काम भएको बताउनुभयो। खेल खेल मात्र नभएर स्वस्थ स्वास्थ्यको लागि पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो । महिला घरमा मात्र सिमित नभई अन्य क्षेत्रमा पनि क्रियाशील हुन आवश्यक रहेको बताउदै अध्यक्ष पोख्रेलले भन्नु भयो – ‘सिपि नेपालको काम उदाहरणीय भएको र जति तारिफ गरेपनि कम हुने बताउनु भयो ।
क्रियटिङ पोसिबिलिटिज नेपालको संस्था गढवा गाउँपालिकाको नम्बर वान संस्थाको रुपमा रहेको भन्दै लक्षित बर्गको पहिचान गरी लक्षित बर्गकै प्रतिनिधित्व हुने कार्यक्रम एक दुरुस्तका गर्नु सामान्य कुरा नभएको बताउनु भयो। क्रियटिङ पोसिबिलिटिज नेपाल संग सहकार्य गरेर मुक्तकम्लहरी,महिला समूहहरुसंग छलफल गरी उत्पादन मुलक आय मुलक कार्यक्रम गर्ने बारे तयारी गरिरहेको जानकारी दिनु भयो। समापन कार्यक्रममा बोल्ने वक्ताहरुले क्रियटिङ पोसिबिलिटिज नेपालले गढवा गाउँपालिकाको बिभिन्न क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै प्रशंसा गर्नु भएको थियो ।
प्रतियोगितामा ८ समुहको गरी १ सय ४ जना महिलाहरुले भाग लिनु भएको थियो। प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्नु हुने टिमलाई ३ किलो राइस कुकर, कदर पत्र र मेडल सहित सम्मान गरिएको थियो भने द्वितीय स्थान हाँसिल गर्नु हुने टिमलाई २ किलो राइस कुकर, कदर पत्र र मेडल सहित सम्मान गरिएको थियो भने तृतीय स्थान हाँसिल गर्नु हुने टिमलाई कराई कदर पत्र र मेडल सहित सम्मान गरिएको थियो।
कार्यक्रममा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, गढवा उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द पोख्रेल, दलित सचेतना अभियानकी जया बिश्वकर्मा, जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव, रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादव, सिपि सदस्य मनिस अग्रवाल, द्वितीय स्थान हाँसिल गर्ने खेल्डी मिना चोधरी लगायतकाले बोल्नु भएको थियो ।
क्रियटिङ पोसिबिलिटिज नेपालकी बिध्यार्थी संयोजक दिपा चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन क्रियटिङ पोसिबिलिटिज नेपालको आमा समूह संयोजक सरिता चौधरीले गर्नुभएको थियो।

